बिर्तामोड, १ असार । नेपाल पत्रकार महासंघ झापा शाखाले सुद्विकरणको मापदण्ड मिचेर सदस्यहरुको नाम सिफारिस गरेको भन्दै प्रेस चौतारी नेपाल झापाले आज पनि धर्ना कार्यक्रम जारी राखेको छ ।
महासंघले सदस्य सुद्विकरणको नाममा केन्द्रले पठाएको मापदण्ड मिचेर आफुखुसी नाम सिफारिस गरेको भन्दै त्यसका विरुद्ध आन्दोलन गर्नु परेको प्रेस चौतारीका कोशी प्रदेश अध्यक्ष अविजाल बिष्टले बताए ।
उनले पत्रकार महासंघ झापा शाखाले गरेको कार्यको विरुद्ध प्रेस चौतारी जिल्लासँगै कोशी प्रदेश समितिले पनि समर्थन गरेको बताए । महासंघ झापा शाखा नसच्चिए त्यसको विरुद्धमा शसक्त प्रतिकार गर्ने उनले बताए ।
पुर्वाग्रही ढंगले, राजनीतिक आस्था भएकै कारण र गैर पत्रकारको समेत नाम सुद्विकरणका लागि सिफारिस गरेको भन्दै प्रेस चौतारी झापा अहिले पत्रकार महासंघ झापा शाखाको विरूद्धमा आन्दोलित बनेको छ ।
चौतारीको माग बेवास्था गरे चरणबद्ध आन्दोलन गर्ने र त्यो आन्दोलन जस्तो पनि हुन सक्ने चेतावनी दिइएको छ । आन्दोलनमा चौतारीका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज सन्तोष आचार्य, केन्द्रीय सदस्य अम्बिका भण्डारी, प्रदेश अध्यक्ष अविजाल विष्ट, प्रदेश सदस्य अर्जुन कार्की, रमेश तिवारी, चन्दन रौनियार, जिल्ला अध्यक्ष मनकुमार गदाल, उपाध्यक्ष प्रदिप परियार, सचिव प्रकाश पौडेल लगायतले नेतृत्व गरिरहेका छन् ।
Discussion about this post