बाहुनडाँगी, १ असार । मेचीनगर नगरपालिका–४ स्थित बाहुनडाँगी स्वास्थ्य चौकीमा आजदेखि ल्याब सेवा सञ्चालनमा आएको छ ।
मेचीनगर–४ स्थित बाहुनडाँगी सेवाको शुक्रबार बिहान मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरेका हुन् ।
अब बाहुनडाँगी स्वास्थ्य चौकीबाट सेवाग्राहीले रगत परिक्षण लगायतका सेवा सहज रुपमा पाउने छन् ।
कार्यक्रममा नगरप्रमुख बुढाथोकीले बाहुनडाँगी स्वास्थ्य चौकीमा सेवा थपिएसँगै अब वडा नम्बर ४ का मात्रै होइन साविक बाहुनडाँगी क्षेत्रका सबै नागरिकले लाभ लिन सक्ने बताए ।
नगरका सम्पूर्ण नागरिकहरूलाई स्वास्थ्य सेवा सहजरूपमा उपलब्ध गराउन आफुहरू लागि परेको बताउँदै उनले अब मेचीनगरबासीले स्थानीय क्षेत्रमा नै सर्वसुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन नगरका स्वास्थ शाखा, उपशाखा र स्वास्थ्य चौकीमा विभिन्न सेवाहरू थप्दै जाने लक्ष्य रहेको बताए ।
कार्यक्रममा ४ नम्बर वडाका वडाध्यक्ष अर्जुनकुमार कार्की, नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्ती, नगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, समाजसेवी निलकण्ठ तिवारी लगायतको आतिथ्यता रहेको थियो ।
Discussion about this post