बिर्तामोड, २ असार । अनेरास्ववियु झापाको निर्वाचन सम्पन्न भएको छ ।
आजै गणना समेत सक्ने तयारी गरिएको छ । दिउँसो ३ बजेदेखि मतदान सुरु भएको थियो ।
नेकपा एमाले झापाको जिल्ला पार्टी कार्यालय बिर्तामोडमा भएको निर्वाचनमा प्रतिनिधिहरुले मतदान गरेका हुन् । ७ सय ३ प्रतिनिधि रहेको निर्वाचनमा ६ सय ८८ मत खसेको छ ।
यहि जेठ २९ गते उद्घाटन भएको २१ औं जिल्ला अधिवेशन सहमतिका लागि स्थगित गरिएको थियो । सहमति प्रयास विफल भएपछि निर्वाचन गरिएको हो । अनेरास्ववियु झापाको अध्यक्षमा नारायण पोखरेल र बलराम गिरी उम्मेद्वार रहेका छन् ।
Discussion about this post