मेचीनगर, १५ असार । सूर्याेदय ईङलिस बाेडिङ स्कुलमा आज क्याप्टेन छनोटका लागि निर्वाचन कार्यक्रम भएकाे छ ।
आज मेचीनगर-६, काँकरभिट्टा स्थित सूर्योदय ईङलिस बोर्डिङ स्कुलको क्याप्टेन छनोटका लागि निर्वाचन भएकाे हाे ।
निर्वाचन प्रक्रियाबाट स्कुल क्याप्टेन, भाइस क्याप्टेन, अनुशासन हेर्ने क्याप्टेन तथा भाइस क्याप्टेन लगायतकाे पदमा विद्यार्थी नेतृत्व चयन हुनेछन् ।
विद्यार्थीहरुलाई निर्वाचन प्रक्रियाका बारे, मताधिकार सम्बन्धी शिक्षाको विकास गर्न यस विद्यालयले हरेक बर्ष यसैगरी निर्वाचनको प्रक्रियाबाट स्कुल क्याप्टेन, भाइस क्याप्टेन छनोट गरिने प्रधानाध्यापक शिव मैनालीले जानकारी दिए ।
निर्वाचन प्रक्रियालाई सहज बनाउन विद्यालयमा चार वटा विद्यार्थी समुह (हाउस) बनाइएको छ । जस्मा रेड, ग्रिन, ब्लु र येल्लो हाउसमा विभाजन गरिएका विद्यार्थीले मतदान गर्नेछन् ।
विद्यालयमा निर्वाचन समिति समेत बनाइएको छ । निर्वाचनको झल्को दिने गरी सम्पूर्ण व्यवस्था मिलाइएको छ ।
निर्वाचन समिति प्रमुखमा प्रअ मैनाली, सचिवमा एसपी लुईटेल तथा सदस्यहरूमा अर्जुन खतिवडा, शर्मिला लिम्बू र सुमित्रा बाँस्ताेला छन् ।
कक्षा १ देखि १० कक्षा सम्मका ३ सय २७ जना विद्यार्थी र शिक्षकहरूले पनि मतदानमा भाग लिएका छन् ।
आजै स्कुल क्याप्टेन तथा ४ वटा हाउसको हाउस क्याप्टेन र भाइस क्याप्टेन समेत छनोट हुने प्रअ मैनालीले बताए ।
Discussion about this post