मेचीनगर, १५ असार । राष्ट्रिय धान दिवसकाे अवसरमा आज मेचीनगरका विभिन्न स्थानमा धान राेप्ने काम सम्पन्न भएको छ ।
धुलाबारी स्थित इष्ट होराइजन माविका विद्यार्थीहरुले<span;> धान रोपेर धान दिवस मनाएका छन् ।
आज असार १५ को अवसरमा मेचीनगरको गोजा बस्ती, लालपानी, खुट्टीडाँगी लगायत विभिन्न स्थानमा विद्यार्थी, शिक्षक र अभिभावकहरुले धान दिवस मनाएका हुन् ।
प्रत्येक वर्ष इष्ट होराइजनका विद्यार्थीले राष्ट्रिय धान दिवसको अवसरमा धान रोप्न गरेका छन् ।
मन्टेश्वरीका विद्यार्थीलाई विद्यालय परिसरमा नै खेतको गरा बनाई रोप्ने गरिएको र कक्षा १ देखि कक्षा १२ सम्मलाई किसान अभिभावकसँग समन्वय गरेर मेचीनगरको विभिन्न स्थानमा लगेर असार १५ मनाउने गरिएको विद्यालयका प्रिन्सिपल सन्जिव राईले बताए ।
यसैगरी, नेकपा एमाले मेचीनगर-१० वडा कमिटीले धान दिवसकाे अवसरमा ढाट चाैक उत्तर राेपाई कार्यक्रम सम्पन्न गरिएकाे छ ।
साे कार्यक्रममा मेचीनगर नगरपालिकाका मेयर गाेपाल चन्द्र बुढाथोकी, उपमेयर मीना पाेखरेल उप्रेती लगायत नेता तथा कार्यकर्ताहरूले धान राेपेका थिए ।
Discussion about this post