मेचीनगर, १५ असार । सूर्योदय ईङलिस बोडिङ स्कुलको क्याप्टेनमा प्रनभ चापागाई विजयी भएका छन् ।
आज काँकरभिट्टा स्थित स्कुल परिसरमा सम्पन्न चुनावमा प्रतिस्पर्धिद्वय किनञ्जल भट्टराई र प्रिन्स विकलाईपछि पार्दै चापागाई स्कुल क्याप्टेनमा विजयी भएका हुन् ।
चापागाईले १२३, किञ्जलले ९९ र विकले ६९ मत ल्याएका थिए ।
यसैगरी भाइस क्याप्टेनमा प्रतिज्ञा पाण्डे निर्वाचित भइन् भने अनुशासन तर्फ क्याप्टेनमा देव दाहाल र भाइस क्याप्टेनमा आकाश कन्दङ्वा विजयी भए ।
विद्यालयमा सम्पन्न चुनावमा ४ वटा हाउसका हाउस क्याप्टेन, भाइस क्याप्टेन पनि चुनिएका छन् ।
जसमा रेड हाउस क्याप्टेनमा एनञ्जल संग्रौला, भाइस क्याप्टनमा प्रेरिका घिमिरे, ब्लु हाउस क्याप्टेनमा एनञ्जल तामाङ, भाइस क्यापटेनमा आयुषा तामाङ, ग्रिन हाउस क्याप्टेनमा अंकित सुवेदी, भाइस क्याप्टेनमा बन्दना राई तथा येल्लो हाउस क्याप्टेनमा शिशिर थापा र भाइस क्याप्टेनमा अदिती अधिकारी विजयी भएका छन् ।
शुक्रबार विद्यालय परिसरमा सम्पन्न चुनापमा कक्षा १ देखि १० सम्मका ३२७ जना विद्यार्थीहरुले मतदानमा सहभागी भएका थिए ।




Discussion about this post