झापा, १५ असार । बिर्तामोडमा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–३ निवासी ४० वर्षीय धनबहादुर राजवंशी रहेका छन् ।
आज घैलाडुब्बा–बिर्ताबजार सडक खण्ड अन्तर्गत बिर्तामोड–२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा राजवंशीलाई करेन्ट लागेको थियो ।
सडक निर्माणको क्रममा करेन्ट लाग्दा राजवंशीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी खगेन्द्र रिजालले बताए ।
Discussion about this post