१९ मंसिर २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

हात्ती आतंक : मृत्यु हुनेको संख्या बर्षेनी बढ्दै

असार १५, २०८०, १:५९ .शुक्रबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

झापा, १५ असार । पाँच वर्षयता झापामा हात्तीको आक्रणमबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।

चालु आर्थिक वर्ष २०७९÷८० मा हालसम्म एक गैर नेपालीसहित सात जनाको हात्तीको आक्रमणबाट मृत्यु भइसकेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए ।

हात्तीको आक्रमणबाट गत आव २०७८÷७९ मा पाँच जना, आव २०७७÷७८ मा तीन, २०७६÷७७ मा दुई, आव २०७५÷७६ मा एक जना र आव २०७४÷७५ मा पाँच जनाको मृत्यु भएको छ ।

झापामा पछिल्लो १२ वर्षयता हात्तीको आक्रणममा परी ६१ जनाको मृत्यु भइसकेको छ जसमा सात जना गैर नेपाली रहेका छन् । त्यस्तै, सोही अवधिमा १६ वटा हात्तीको समेत मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चालु आवमा जिल्लामा दुई वटा हात्तीको मृत्यु भइसकेको छ ।

मृत्यु हुनेमा अधिकांश आफ्नै घर–खेतमा हात्तीले आक्रमणमा परेका हुन् । बाह्रदशी गाउँपालिका–२ का देवीबहादुर अधिकारी आफ्नै जग्गामा घाँस काटिरहेको अवस्थामा हात्तीको आक्रमणको शिकार बने । त्यस्तै, बाह्रदशी–१ का जगतबहादुर भुजेल सामुदायिक वनभित्र घाँस काट्द जाँदै गर्दा हात्तीको आक्रमणमा परे ।

शिवसताक्षी नगरपालिका–११ की कृष्णमाया भण्डारीलाई घरमै सुतिरहेको अवस्थामा हात्तीले मारेको डिभिजन वन कार्यालयको रेकर्डमा उल्लेख छ ।

यस्तै, बुद्धशान्ति गाउँपालिका–४ का भीमबहादुर भट्टराईको मकैबारीमा हात्तीले आक्रमण गरेको थियो । बुद्धशान्ति–५ की सम्झना श्रेष्ठ स्कुटरमा घर जाँदै गर्दा बाटोमै हात्तीले आक्रमण गर्दा मृत्यु भएको थियो ।

भद्रपुर नगरपालिका–७ का गिरेन कर्मकारलाई हल्दीबारी गाउँपालिका–२ चिया बगान नजिकै च्याउ टिप्न जाँदा हात्तीको आक्रमणमा परे । दमक–३ का कमैया राई (गैरनेपाली)लाई हम्सेदुम्से सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो भने उहाँको उपचारको क्रममा लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको थियो ।

झापामा चालु आर्थिक वर्षमा दुई सय १३ जना हात्तीपीडितले राहत पाएका छन् । हात्तीको आक्रमणबाट घाइते, मृत्यु भएका, सम्पत्ति, चौपाया र अन्नबालीमा क्षति पुर्याए बापत उनीहरुले ७१ लाख ६६ हजार सात सय रुपैयाँ राहत पाएको डिभिजन वन कार्यालय झापाकी सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिइन् ।

चालु आ.व.मा घाइतेको उपचारका लागि चार लाख, मृत्यु राहत ५० लाख, सम्पत्ति, चौपाया र अन्नबालीमा क्षति पुर्याए बापत १७ लाख ६६ हजार सात सय रुपैयाँ राहत रकम उपलब्ध गराइएको उनले बताए ।

गत असार १२ गते हात्तीको आक्रमणबाट मृत्यु भएका भद्रपुर–७ का गिरेन कर्मकारको राहत रकम प्रक्रियामा रहेको छ । सरकारले गैरनेपालीको हकमा भने राहत उपलब्ध नगराउने गरेको उनको भनाई छ ।

 

पछिल्लो समाचार

करेन्ट लागेर मजदुरको मृत्यु

अघिल्लो समाचार

रोटरीले पुर्याइदियो मेजसा विद्यालयमा शुद्ध पिउने पानी

Related Posts

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
box -1

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार
स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित
banner

स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित

मंसिर १९, २०८२, ११:३० .शुक्रबार
मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम
banner -1

मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम

मंसिर १९, २०८२, १०:०५ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.