मेचीनगर, ३० असार । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को नयाँ कार्यसमितिले आजदेखि पदभार ग्रहण गरेको छ ।
शनिबार दिउँसो बिर्तामोडको बिर्ता पार्टी प्यालेसमा आयोजित एक समारोहमा नवनिर्वाचित अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी लगायत कार्य समितिले सपथ ग्रहणसहित पदभार सम्हालेको हुन् ।
यही जेठ महिनामा नयाँ कार्य समितिको निर्वाचन भएको थियो । संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले अहिलेसम्म संस्थाको नेतृत्व गर्दै आउनु भएको थियो । अब शिवाकोटी नेतृत्वको समितिले एनएमसी हाक्नेछन् ।
समितिको वरिष्ठ उपाध्यक्षमा भगवती घिमिरे, उपाध्यक्षमा विष्णु गौतम, सचिवमा विकास उप्रेती, सहसचिवमा अम्बिकाप्रसाद ढकाल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा राजु उप्रेती, पवित्रा न्यौपाने, हरिप्रसाद आचार्य, कुन्तादेवी खनाल, रामप्रसाद भट्टराई, सीताकुमारी श्रेष्ठ, दुर्गाप्रसाद भट्टराई, सावित्रा दाहाल, देवीप्रसाद उप्रेती र प्रेमप्रसाद मैनाली सर्वसम्मत चयन भएका छन् ।
लेखा सुपरीवेक्षण समितिको संयोजकमा रचना दाहाल तथा सदस्यहरुमा फाल्गुणी दाहाल र एकेन्द्र उप्रेती चयन भएका छन् ।
निर्वतमान अध्यक्ष उप्रेती संस्थाको नयाँ व्यवस्था अनुसार कार्य समितिको वरिष्ठ सदस्यको रुपमा रहेका छन् ।
Discussion about this post