४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

आसाम डाउनटाउन युनिभर्सिटी

नेपाली विद्यार्थीलाई १० करोड भारुको छात्रवृत्ति

असार २९, २०८०, ३:३४ .शुक्रबार
0
0
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २९ असार । भारतको आसाम डाउन टाउन युनिभर्सिटीले कमन स्कलरशिप इक्जाममा छुटेका नेपाली विद्यार्थीलाई समेत दश करोड भारुको छात्रवृत्ति दिने भएको छ ।

आज बिर्तामोडमा युनिभर्सिटीका नेपाल प्रमुख शंकर भट्टराई पत्रकार सम्मेलन गरेर इक्जाममा सहभागी बन्न छुटेका नेपाली विद्यार्थीलाई अब प्राप्तांकका आधारमा सो रकम बराबरको छात्रवृत्ति दिइने घोषणा गरेका हुन् ।

कोरोना महामारीपछि युनिभर्सिटीले नसोचेको आँकडामा नेपाली विद्यार्थीलाई छात्रवृत्तिको अवसर प्रदान गरिरहेको भट्टराईले बताए । भुटान, बंगलादेश लगायतका मुलुकका विद्यार्थीहरु भन्दा नेपाली विद्यार्थीलाई बढी प्राथमिकता दिइएको उनको भनाई छ ।

उनले इन्जिनियरिङ, मेडिकल, पारामेडिकल, होटल मेनेज्मेन्ट, सूचना तथा प्रविधि (आईटी) लगायतका दर्जनौं विषयमा उच्च शिक्षा लिन चाहने नेपाली विद्यार्थीहरुका लागि युनिभर्सिटीको ढोका सधै खुल्ला रहेको दावी गरे ।

युनिभर्सिटीले गत वर्ष पनि ५ करोड भारुको छात्रवृत्तिको अफर दिइएको थियो । यसवर्ष त्यसलाई बढाएर १० करोड भारु पुर्याएको छ ।

एसइई र कक्षा १२ को परीक्षा दिएका नेपाली विद्यार्थीहरुले छात्रवृत्ति पाउनका लागि एक साताअघि नै कमन स्कलरशिप इक्जाम परीक्षा दिएका थिए । यसको नतिजा समेत सार्वजनिक भइसकेको छ ।

गतवर्ष ७० जना विद्यार्थीले स्कलरसिप पाएका थिए । यसपटक पनि सोहि संख्यामा विद्यार्थीहरुले स्कलरसिप पाएको बताइएको छ । उनले प्रक्रिया पुगेका हरेक विद्यार्थीका लागि ५० प्रतिशत छात्रवृत्ति सुनिश्चित गरेको समेत बताए ।

त्रिभुवन विश्वविद्यालयबाट आसाम डाउन टाउन युनिभर्सिटीमा पढाई पूरा गरेर फर्किएका कुनै पनि विद्यार्थीको समकक्षता प्रमाणपत्र लिनका लागि समस्या नपर्ने बताए ।

पूर्वोत्तर भारतमा सन् २०१० मा स्थापित सबैभन्दा ठूलो र प्रतिष्ठित युनिभर्सिटीमा नेपाली विद्यार्थीहरुको रोजाईमा पर्ने गरेको छ ।

आसामको गुवाहाटीमा रहेको युनिभर्सिटी नेपाली विद्यार्थीहरुले रोज्नुमा त्यहाँको हावापानी, भूगोल, भाषा, संस्कृति, रहनसहन र नजिकको दूरीको समेत कारण रहेको भट्टराईको भनाई छ । झापाबाट त्यहाँ पुग्न ५०० किलोमिटरको दुरी पर्छ ।

युनिभर्सिटीसँग पोखरा, विराटनगरको मनमोहन प्राविधिक विश्व विद्यालय, काठमाडौँ र मोरंगको सुकुना क्याम्पसहरुले उच्च शिक्षा, व्यवस्थापन लगायतका विषयमा सम्झौता गरेका छन् ।

भट्टराईको काँकरभिट्टामा लक्ष्मी एजुकेसलन कन्सल्टेन्सीको कार्यालय समेत रहेको छ ।

पछिल्लो समाचार

भाषाको कुनै भुगोल हुँदैन : साहित्यकार नेपाल

अघिल्लो समाचार

आजदेखि ठाकुर शिवाकोटीको नेतृत्वमा एनएमसी

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.