२५ मंसिर २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

काँकरभिट्टामा भानुजयन्ती (फोटो फिचर)

भाषाको कुनै भुगोल हुँदैन : साहित्यकार नेपाल

असार २९, २०८०, २:२० .शुक्रबार
0
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २९ असार । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले यसवर्ष २१० औँ भानु जयन्तीको अवसर पारेर मेचीनगरका चार जना प्रतिभाहरुलाई सम्मान गरेको छ ।

चारजना प्रतिभाहरु सम्मानित

आज काँकरभिट्टा स्थित भानुभक्त आर्चायको शालिकमा माल्यार्पणपछि खोनपानी कार्यालयमा आयोजित समारोहमा नेपाली क्रिक्रेट टिमकी कप्तान मेचीनगर निवासी रुबिना क्षेत्री, साहित्यकार लक्ष्मी अच्युत ढुंगाना, सञ्चारकर्मी भूमिका सुब्बा फियाकलाई र कला संस्कृतिको क्षेत्रको प्रबर्धनका लागि नौमती बाजा, संगीनी नाचर खैजडी भजनमा योगदान गर्ने मेचीनगर–६ ज्येष्ठ नागरिक वडा समितिका तर्फबाट नारायण प्रसाईलाई सम्मानसहित पुरस्कृत गरिएको हो ।

कप्तान रुविना क्षेत्रीलाई खेलकुद क्षेत्रमा, पत्रकार लिम्बुलाई सञ्चार क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै भानु प्रतिभा पुरस्कारबाट सम्मान गरिएको छ । रुविनालाई २१ हजार र अन्य तीनजना प्रतिभाहरुलाई जनही ११ हजारका दरले पुरस्कार प्रदान गरिएको छ ।

कविता गोष्ठीमा काफ्ले प्रथम

कार्यक्रममा कविता गोष्ठी र रामायण बाचन प्रतियोगिता समेत भएको थियो । विजेताहरु नगदसहित सम्मान गरिएको थियो ।

कविता गोष्ठीमा पहिलो हुने आदर्श माविका छात्र आदित्य काफ्ले, दोस्रो हुने बालकल्याण माविका छात्र चिरञ्जीवी कोइराला र तेस्रो हुने अरणीको माविकी छात्रा निर्जला दाहाललाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगदसहित सम्मान गरिएको थियो ।

रामायण बाचनमा भण्डारी प्रथम

त्यस्तै रामायण बाचनमा पहिलो हुने कविहरु रुद्रप्रसाद भण्डारी, दोस्रो हुने पर्शुराम तिम्सिना र तेस्रो हुने ईन्दिरा कुसुमलाई क्रमशः ३ हजार, २ हजार र १ हजार नगदसहित सम्मान गरिएको थियो ।

प्रतियोगिताको निर्णयकको संयोजकमा जीवनाथ सुवेदी तथा सदस्यहरुमा टंक विकल्प र पुन्य बराल रहेका थिए । सो प्रतियोगिताको सभापतित्व नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य मुनाराज शेर्माले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार डिल्लीराज नेपालले भाषाको कुनै भुगोल नहुँने बताएका छन् ।

उनले जहाँ साहित्य हुन्छ त्यहाँ कविको साम्राज्य हुने बताए । भाषा, साहित्य, संस्कृति यी सबैको ज्ञान हुनु पर्छ, यी सबैको ज्ञाता भानुभक्त आर्चायको स्मरण र चर्चा कहिलै गरेर नसकिने उनले बताए । अहिलेको कला संस्कृतिले नयाँ पुस्तालाई हस्तान्तरण गरेको छ यो राम्रो पक्ष रहेको उनको भनाई थियो ।

कार्यक्रममा विशिष्ठ अतिथिहरु मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेती, नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

भानु साहित्यिक प्रतिष्ठानका कार्यावाहक अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षता र कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष मेदनीप्रसाद खरेलले र धन्यवादसहित ज्ञापन उपाध्यक्ष मोहनप्रकाश उप्रेतीले गरेका थिए ।

कार्यक्रमको सञ्चालन महासचिव शुशिल आर्चाय, कोषाध्यक्ष शुभद्रा भट्टराई र सदस्य जय आर्चायले संयुक्त रुपमा गरेका थिए ।

पछिल्लो समाचार

कर्मचारीमाथि हातपात गर्ने खड्काले मागे माफी

अघिल्लो समाचार

नेपाली विद्यार्थीलाई १० करोड भारुको छात्रवृत्ति

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.