मेचीनगर, २९ असार । निर्माण व्यवसायी धुलाबारी निवासी कल्याण खड्काले नगरपालिकाका कर अधिकृतमाथि आवेशमा असामान्य व्यवहार गर्न पुगेको भन्दै क्षमा याचना गरेका छन् ।
विहीबार अपराह्न साढे ४ बजे निर्माण व्यवसायी खड्काले मेचीनगर नगरपालिकाको लेखा शाखा कक्षमा पसेर कर अधिकृत चक्रपाणि खनालमाथि हातपात गरेका थिए ।
खड्काले आज प्रेस विज्ञप्ति जारी गरेर आवेशबाट सिर्जित घटनाप्रति आत्मालोचनासहित क्षमा याचना गरेका हुन् ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएशनको मेचीनगर इकाई र प्रदेश समितिले कर अधिकृत खनालमाथि भएको हातपात घटनाको घोर निन्दा गर्दै विज्ञप्ति निकालेको थियो ।




Discussion about this post