२८ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापामा बाढी : पूर्वतयारीमा जुट्न एमालेको आग्रह

असार २९, २०८०, ११:५४ .शुक्रबार
0
0
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

झापा, २९ असार । नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले मनसुनी वर्षातको कारण उत्पन्न हुने समस्याबाट धनजनको क्षति हुनबाट जोगाउन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

पार्टी जिल्ला अध्यक्षको तर्फबाट आज एउटा अपिल प्रकाशित गरेर उनले पार्टीका सम्पूर्ण जनसंगठनहरु, पार्टीका पालिका तथा वडा कमिटीहरु, तत्तत् क्षेत्रमा बसोबास गर्ने नेता नेतृत्वगण समेतलाई चनाखो रही विपत व्यावस्थापनको तयारी रहन आग्रह गरेका हुन् ।

आवश्यकता अनुसार स्थानीय विपत व्यवस्थापन समिति गठन समेत गर्न पनि उनले अनुरोध गरे । स्थानीय प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटीजस्ता सामाजिक संघ–संस्थाहरुसँग सहकार्य गरी सम्भावित विपदको व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सरोकारवाला सबैमा विशेष अपिल र अनुरोध गरिएको छ ।

यही असारको पहिलो दुई दिन पूर्वी पहाडी जिल्लाहरुमा बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति चिन्ता ब्यक्त गर्दै अध्यक्ष कार्कीले झापा जिल्ला कमिटीको तर्फबाट सो घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सो घटनापछि वेपत्ता भएका मानिसहरुको खोजीकार्य जारी राख्न, राहत र उद्दारको कार्यमा निरन्तर जुटिरहन सबैमा आग्रह गर्दै निजहरुको परिवारजनमा धैर्यधारणका लागि उनले अपिल पनि गरे ।

झापा जिल्लाको भूगोलका कारण मनसुनी वर्षातको समयमा कतै जलमग्न हुने, पानीको निकास नभएका समथर ठाउँका घरहरु डुबानमा पर्ने, नदी–खोला–खोल्साहरुमा पानीको बहाब धेरै हुँदा किनाराको जमिन कटान हुने समस्याबाट झापाबासीहरु सधैं प्रताडित रहेको उनको बुझाई छ ।

यो वर्ष पनि विगत वर्षहरुमा जस्तै नहोला भन्न सकिन्न । कतिपय ठाउँमा डुबानको समस्या सुरु भइसकेको छ । झापाको भूगोल भएर बग्ने ठूला नदी र खोलाहरु कनकाई, मेची, रतुवा, मावा, बिरिङ, टांङटिङ, निन्दा, अन्दुवा, घाग्रा, कमल आदिले यो वर्ष पनि हामीमा प्राकृतिक विपत्ती ल्याउन सक्ने सम्भावना कायमै रहेकाले सजग रहन उनको आग्रह गरे ।

विगत वर्ष झैं हुनसक्ने प्राकृतिक विपत्तीबाट धनजनको क्षति हुन नदिन जिल्लास्थित सम्बन्धित सरकारी निकायहरु तथा स्थानीय सरकारहरुलाई सचेत रही आवश्यक पूर्वतयारी गर्न नेकपा एमाले झापा जिल्ला कमिटीले अनुरोध गरेको छ ।

पछिल्लो समाचार

बुद्धएयर भद्रपुर अवतरण नगरी काठमाडौं फर्कियो

अघिल्लो समाचार

कर्मचारीमाथि हातपात गर्ने खड्काले मागे माफी

Related Posts

ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार
मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.