झापा, २९ असार । काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको जहाज प्राविधिक समस्याका कारण अवतरण हुन नसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गराएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्ध एयरको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि भद्रपुर अवतरण नगरी काठमाडौं मै फिर्ता गरिएको हो ।
सो जहाज दिउसो २ बजे काठमाडौंमा नै अवतरण गरेको जनाएको छ । अर्को जहाजबाट यात्रुलाई झापा पठाइएको छ । काठमाडौं फर्किएको जहाज चेकजाँचका लागि ग्राउण्डेड गरिएको छ ।
काठमाडौंबाट उडेको केही समयमै इण्डिकेसन समस्या आएपछि जहाज यतै फर्काइएको त्रिभुवन विमानस्थल कार्यालयले जनाउको छ ।
Discussion about this post