धाइजन, २८ असार । मेचीनगर–१२ स्थित धाइजन चोकमा बोलेरो गाडीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ ।
आज राति ८ वजे नम्बर नखुलेको सेतो रंगको बोलेरो गाडीले धाइजन चोकमा अन्दाजी ४० वर्षका राजन विकलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको चारआली ट्राफिक पोष्टका सई जनक तिम्सिनाले जानकारी दिए ।
इलामबाट आएको सो बोलेरो ठक्कर दिएर फरार रहेकोले सिसि क्यामेराबाट खोज्ने काम भइरहेको उनले बताए ।
मानसिक संतुलन गुमाएको जस्तो देखिने विक केहि दिनदेखि यहिँ सडकमा डुलिरहेको सईको भनाई छ ।
धाइजन चोक स्थित रितिका डेरी छेउमा भएको घटनामा स्थानीयले मृतकको शव उठाएका छैनन् । घटनास्थल तनावग्रस्त रहेको छ ।
Discussion about this post