झापा, ३१ असार । निर्वाचन आयोगले प्राध्यापक, शिक्षक र कर्मचारीलाई दलको सदस्यता नदिन नेपाली कांग्रेसलाई निर्देशन दिएको छ ।
१४औं महाधिवेशनमा कांग्रेसले सहप्राध्यापक जगत तिमिल्सिना, राजेन्द्र गौतम लगायतलाई पार्टीको सदस्यता प्रदान गरी महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य बनाएको भन्दै आयोगमा उजुरी परेको थियो ।
स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक र कर्मचारीलाई सदस्यता प्रदान गरी महाधिवेशनमा सहभागी गराउनु राजनीतिक दल सम्बसन्धी ऐन र शिक्षक कर्मचारी सेवा सम्बन्धी ऐन विपरीत भएको भन्दै आयोगले उनीहरुको क्रियाशील सदस्यता बदर गर्न निर्देशन दिएको हो ।
आयोगले आगामी दिनमा कानुन विपरीत हुने गरी सदस्यता नदिन र महाधिवेशनमा सहभागी नगराउन समेत कांग्रेसलाई निर्देशन दिइएको जनाएको छ ।
Discussion about this post