मेचीनगर, ४ साउन । मेचीनगर–८ स्थित होटल मेची क्राउन (एचएमसी) ले आफ्नो होटलबाट निस्किने फोहोर पानीको व्यवस्थापन गर्न थालेको छ ।
एचएमसीले आज आफ्नो होटल अगाडिबाट निस्किने फोहोर पानीलाई जेसिवी लगाएर पैनीलाई सम्याउँन थालेको हो ।
एचएमसीबाट बाहिर पैनीमा निस्किने फोहोर पानीले मेचीनगर–८ र मेचीनगर–७ जोरसिमल दक्षिणको मोहनकित्ता टोलसम्मको गाउँ दुर्गन्धित बनेको छ ।
सो पैनी होटलको पूर्वपटि जोरसिमलको पशुपतिनाथ टोल, निर्माण व्यवसायी कार्यालय, सशस्त्र प्रहरीको चेकपोष्ट, स–साना चिया पसल तथा गृल कारखाना र दक्षिण तर्फका गाउँका स्थानीयहरु दुर्गन्धले पीडित बनेका छन् ।
साउन २ गते मेचीनगर अनलाइनमा ‘एचएमसीबाट निस्किने फोहोर पानीले गाउँ नै दुर्गन्धित’ शिर्षको समाचार प्रकाशन भएपछि मेचीनगर नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको थियो । नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीले एचएमसीका मेनेजरलाई नगरपालिका कार्यालय बोलाएर सोधपुछ गरेका थिए । बुढाथोकीले सार्वजनिक स्थलमा फोहोर पानी फाल्न कसैलाई पनि छुट नभएको भन्दै मेनेजर धिरज साहलाई तत्काल समस्याको समाधान गर्न आग्रह गरेका थिए ।
मेयर आग्रहलाई स्वीकार गर्दे मेनेजर साहले आजै जेसिवी लगाएर पैनीको झारजंगल र नालालाई सम्याएर सफा पारेका थिए । नगरपालिकाका खाद्य अधिकृत दिपेन्द्र कार्की पनि अनुगमनमा गएका थिए ।
मेनेजर साहले होटलको किचर र वाथरुमको पानी बाहिर पैनीमा जाने गरेको स्वीकार गरेका छन् । उनले तत्काललाई झारजंगल सफा गर्ने, नाला सम्याउँने र औषधि छिट्ने काम गरिएको बताए ।
उनले नयाँ बिल्डिङ बनेपछि होटलको किचर र वाथरुमको पानी त्यहि फिल्ट्रेशन गरेर गार्डनमा पठाउने दावी गरे ।
Discussion about this post