मेचीनगर, ७ साउन । नेकपा एमालेकी केन्द्रीय सदस्य मीना पोखरेल उप्रेतीले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको योगदालाई हामीले कहिलै विर्सन नहुने बताएकी छन् ।
आज काँकरभिट्टा स्थित विपी–पुष्पलाल बाटिकामा एमाले मेचीनगर कमिटीले आयोजना गरेको संस्थापक महासचिव श्रेष्ठको ४५ औँ स्मृति दिवसका प्रमुख अतिथि रहेकी उनले त्यस्तो कुरा बताएकी हुन् ।
एमाले अर्जुनधारा नगर कमिटी इन्चार्ज र मेचीनगर नगरपालिकाकी उपमेयर समेत रहेकी पोखरेलले नेपालमा नेकपाको विजारोपर्ण गर्ने काम उनैले गरेको बताइन् । भारतमा उहाँसहित ६ जनाले सुरु गरेको संयुक्त कम्युनिष्ट आन्दोलनले नेपालको साशकिय रुवारुप र पञ्चायती व्यवस्था ढाल्न महत्वपूर्ण योगदान पुर्याएको पोखरेलले चर्चा गरिन् ।
कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य एवम् पूर्व बागमती प्रदेश प्रमुख विष्णु प्रसाईले पार्टीका संस्थापक महासचिव श्रेष्ठको मृत्यु भएको आज ४५ वर्ष भयो, तर उहाँको विचार सयौँ वर्षसम्म बाँचिरहने र सम्झानामा रहिरहने बताए ।
बाटिकामा रहेको विपी र पुष्पलालको पूर्ण कदको शालिकमा नेता तथा कार्यकर्ताहरुले पुष्प गुच्छासहित माल्यापर्ण गरेका थिए ।
विसं २००६ मा भारतको कोलकतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्दा पुष्पलालले सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राखेका थिए । विसं १९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मिएका पुष्पलाल वैचारिकरूपले सशक्त र आम नेपालीका लागि एक प्रेरणादायी नेताका रूपमा परिचित छन् ।
संस्थापक महासचिव श्रेष्ठले नेपालको परिवर्तनका लागि प्रस्ताव गरेको कृषिक्रान्ति र गरिव एवम् गरिखाने वर्गको मुक्तिको अभियान अझै पनि उत्तिकै महत्वपूर्ण रहेको कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको भनाइ छ ।
एमाले मेचीनगर कमिटीका अध्यक्ष राजु पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपसचिव जगन भट्टराईले र सञ्चालन सचिव एवम् मेचीनगर–९ का वडाध्यक्ष कञ्चन तामाङले गरेका थिए ।
आज देशभर तथा विदेशमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर पुष्पलालको स्मृति दिवस मनाइएको छ ।
Discussion about this post