मेचीनगर, ९ साउन । झापाको विभिन्न पालिकामा जेठ महिना यता पानीमा डुवेर एक महिलासहित ९ जनाको मृत्यु छ । नाम र थर नखुलेको एक जनाको लास भने मृत अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले यहि जेठ १ गतेदेखि साउन ७ गते सम्ममा एक महिलासहित ९ जनाको पानीमा डुवेर मृत्यु भएको छ । उनले नाम र थर नखुलेको एक जनाको लास मृत अवस्थामा फेला परेको बताए ।
यस्ता छन्, घटनाहरु…..
–यहि जेठ १ गते दिउँसो साढे २ वजे शिवसताक्षी नगरपालिका–१० बस्ने मनबहादुर राईको छोरी अन्दाजी २५ वर्षकी कमला राई कनकाई सिँचाई स्थित शाखा नहरको पानीमा घोप्टो परी मृत अवस्थामा फेला परेको छ । उनी घरबाट गाई, बस्तु चराउन गएको प्रहरीको भनाई छ ।
–जेठ १३ गते मध्यान्न १२ वजे इलाम माइ नगरपालिका–८ को सतासी झर्नाको दहमा साथीसँग घुम्न गएका झापा कमल गाउँपालिका–५ स्थित पाडाजुँगी बस्ने टेकबहादुर भण्डरीको छोरा बर्ष २१ का निश्चल भण्डारी पौडी खेल्ने क्रममा माथिबाट डाईव हान्दा पानीमा डुवेर मृत्यु भएको थियो ।
–जेठ १९ गते दिउँसो साढे ४ वजे शिवसताक्षी नगरपालिका–१० स्थित दोमुखा ड्याममा कनकाई नगरपालिका–२ बस्ने दुर्गा गुरागाईका छोरा अन्दाजी १८ वर्षका सलिन गुरागाई पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको थियो ।
–जेठ २९ गते राति साढे ६ वजे भद्रपुर नगरपालिका–९ स्थित शान्ति चोक बस्ने ७५ वर्षीय जीवन थापा मगर मेची क्याम्पसको पूर्व पट्टी जमेको नालीको पानीमा डुवेर मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
–असार ८ गते विहान साढे १० वजे बिर्तामोड नगरपालिका–६ बस्ने नेत्र मैनालीका छोरा बर्ष १९ का अनिल मैनाली देउँनिया खोला क्षेत्रमा च्याउ टिप्न गएकोमा खोला तर्ने क्रममा चप्पल बगाएको थियो । उनको चप्पल टिप्ने क्रममा खोलाले वगाएर मृत्यु भएको थियो ।
–असार २८ गते राति ६ वजे दमक नगरपालिका–४ ताराबारी बस्दै आएका वर्ष ६५ का भागवत शर्मा गौरादह नगरपालिका–६ टगुवा स्थित रतुवा खोलाको वगरमा घोप्टो परी मृत अवस्थामा फेला परेका थिए ।
–असार ३० गते दिउँसो साढे २ वजे गौरादह नगरपालिका–९ स्थित किस्ने खोलामा वडा नम्बर २ बस्ने आबुलाल ताजपुरियाको छोरा बर्ष १३ का एञ्जल ताजपुरियाको पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
–साउन ३ गते दिउँसो साढे १ वजे गौरीगञ्ज गाउँपालिका–३ बस्ने पर्शुराम पराजुलीका छोरा अन्दाजी वर्ष १४ का सागर पराजुली लेरा खोलामा पौडी खेल्ने क्रममा पानीमा डुवेको अवस्थामा स्थानीयले देखि तत्काल पानीबाट निकाली उपचारका लागि दमक अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
–त्यस्तै यहि साउन ७ गते मध्यान्न १२ वजे नेपाल–भारतको दशगजा झापा गाउँपालिका–४ ग्रामथान सीमाना क्षेत्रमा रहेको खाल्डोमा जमेको पानीमा वडा नम्बर १ बस्ने गौतमकुमार गणेशका छोरा वर्ष ७ का डेनिस गणेश खेल्ने क्रममा चिप्लेर पानीमा डुवेर घाइते भएका थिए ।
घाइते डेनिसलाई उपचारका लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पताल पुर्याउनसाथ डाक्टरले दिउँसो साढे १ वजे मृत घोषणा गरेको प्रहरीको भनाई छ ।
–त्यसैगरी साउन ७ गते साँझ ५ वजे बाह्रदशी गाउँपालिका–१ नयाँ बस्ती स्थित अदुवा खोलामा वगाएर ल्याए जस्तो देखिने, साडीले बेरिएको अवस्थाको नाम र थर नखुलेको, पहिचान गर्न नसकिने शव सडेगलेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
सो शवलाई कानूनी प्रक्रिया पुरा गरी शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको डीएसपी रिजालले बताए ।
पानीमा डुवेर मृत्यु भएका सबै शवहरु कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टमपछि दाहसंस्कारका लागि आफन्तले बुझेर लगेको र सबै शवहरुका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
Discussion about this post