झापा, १३ भदौ । जिल्ला अदालत काठमाडौंले सुन तस्करीमा संलग्नताको आरोपमा पक्राउ परेका राहुल महरालाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
विद्युतीय चुरोट (भेप) मार्फत भएको करिब ९ किलो सुन तस्करीमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई बुधबार पक्राउ गरेको थियो ।
उनलाई संगठित अपराधमा अनुसन्धानका लागि म्याद थपका लागि अदालत लगिएको थियो ।
Discussion about this post