झापा, १८ साउन । प्रहरीले बिल नभएको लाखौं मूल्यको सुपारीसहित एउटा पिकअप भ्यानलाई चारआलीमा नियन्त्रणमा लिएको छ ।
सुपारी बोकेको को १ च ८९६७ नं. को पिकअप भ्यान र त्यसमा रहेको १० लाख ८३ हजार रुपैयाँ मूल्य बराबरको ६१ बोरा सुपारी बुधवार विहान पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
नियन्त्रणमा लिइएको गाडीको मूल्य ५ लाख मूल्य कामय गरिएको र सुपारीसहित गाडीलाई राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको उनले बताए ।
Discussion about this post