४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

विषादी जाँचमा पास नभएको एकट्रक आँप रोक्यो

साउन १८, २०८०, ११:३४ .बिहिबार
0
0
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १८ साउन । उपभोक्ता जागरण अभियान झापाले विषादीको मात्रा धेरै पाइएको भारतबाट आयातीत एक गाडी आँपलाई बुधवार नेपाल भित्रिनबाट रोकेको छ ।

मेचीनगरको एक सप्लायर्स (इन्भोइस नं. ५९० र ५९१)ले उक्त आँप आयात गरेको थियो । आँपको चार वटा नमुना काँकरभिट्टास्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय (खाद्य प्रयोगशाला)मा विषादी अवशेष परीक्षण गर्दा तत्काल उपभोग गर्न अयोग्य भएको ठहर भएको थियो ।

खाद्य परीक्षणको रिपोर्ट अनुसार उक्त आँपलाई कम्तीमा एक दिन क्वारेन्टाइनमा राखेपछि पुनःजाँच्दा खान योग्य ठहरिएमा मात्र भन्सार जाँचपास गर्न सकिने उल्लेख थियो ।

तर, प्रयोगशालाको उक्त रिपोर्ट भन्सार कार्यालयमा नपुगेका कारण आयातकर्ताले अन्य फलफूलसँगै आँपलाई पनि नेपाल भित्राउने प्रयास गरिरहेको बेला उपभोक्ता जागरण अभियानको टोलीले प्रयोगशाला र मेची भन्सार कार्यालयमा पुगी सो कुराको खबरदारी गरेर खान अयोग्य आँपको जाँचपास रोक्न लगाएको हो ।

अभियानका झापा अध्यक्ष मोहन काजी, उपाध्यक्ष निलकण्ठ तिवारी, सचिव विशाल थापा सहितको टोली खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय (खाद्य प्रयोगशाला) र मेची भन्सार कार्यालय पुगेका थिए ।

प्रयोगशालाका प्रमुख एवम् खाद्य अनुसन्धान अधिकृत सुवासचन्द्र वस्ती र भन्सार कार्यालयका निमित्त प्रमुख पूर्णप्रसाद लम्सालसँग टोलीले विषादीको अवेशष परीक्षणबाट खानयोग्य नठरिएसम्म कुनै पनि तरकारी तथा फलफूल नेपाल भित्राउन नदिन माग गरेको छ ।

मेची भन्सारका निमित्त प्रमुख लम्सालले उपभोक्ता जागरण अभियानको खबरदारीलाई सकारात्मक रुपमा लिँदै आँप आयातकर्तालाई बोलाएर विषादी अवशेष जाँच गर्दा आएको रिपोर्ट बारेमा जानकारी गराए । उनले उक्त आँप बोकेको गाडीलाई बुधवार भन्सार जाँचपास नगरिने बताए ।

प्रयोगशालाका खाद्य अनुसन्धान अधिकृत ओस्तीले इनभोइस नं. ५९० र ५९१ बाट आज आँप, भुइँकटहर, खरबुजा र अनारको चार वटा नमुना जाँच गर्दा आँपको नमुनाहरुमा विषादीको अवशेष अधिकतम् ४१ प्रतिशतसम्म पाइएको बताए ।

उनका अनुसार ३५ प्रतिशतदेखि माथि विषादीको अवशेष फेला परेमा उपभोगका लागि तत्काल अयोग्य हुने र त्यसलाई एक दिन क्वारेन्टाइनमा राखेपछि पुनः विषाादी अवशेष जाँचिनु पर्ने प्रावधान रहेको छ ।

तरकारी तथा फलफूलमा विषादीको अवशेष ४५ प्रतिशतभन्दा माथि देखिएमा उपभोग अयोग्य ठहर गरिने र त्यस्ता सामानलाई जफत गरी नष्ट गरिने प्रावधान रहेको छ । प्रयोगशालाबाट प्राप्त विवरण अनुसार भारतबाट आयातित अनारमा २५ देखि २८ प्रतिशतसम्म, खरबुजामा ४ देखि ६ प्रतिशतसम्म र अनारसमा एक देखि ४ प्रतिशतसम्म विषादीको अवशेष पाइएको छ ।

विषादीको अवशेष नजाँची र खान योग्य नठहर्याई कुनै पनि किसिमका तरकारी तथा फलफूल भारतबाट आयात गर्न नदिन उपभोक्ता जागरण अभियान झापाले मेची भन्सार कार्यालय र खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय (प्रयोगशाला)लाई विशेष आग्रह गरेको छ ।

विषादीको अवशेष अत्याधिक रहेको तरकारी तथा फलफूलको उपभोगबाट मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले सजग रहन र आवश्यक खबरदारी गर्न अभियानले समस्त उपभोक्ताहरुलाई अनुरोध समेत गरेको छ ।

पछिल्लो समाचार

सिलिगुडी–काठमाडौँ चल्ने बसबाट अवैध सामान बरामद

अघिल्लो समाचार

प्रधानन्यायाधीशमा श्रेष्ठ सिफारिस, कार्की अवकाश हुँदै

Related Posts

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
box -3

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.