मेचीनगर, २४ साउन । झापा जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा फेरि प्रविण थापा सर्वसम्मत चयन भएका छन् ।
आज काँकरभिट्टा स्थित खानेपानी कार्यालयको सभाहलमा सम्पन्न अधिवेशनले दोस्रो कार्यकालका लागि थापालाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । १५ सदस्यीय जिल्ला समिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा विरु श्रेष्ठ, सचिवमा लाक्पा लामा र कोषाध्यक्षमा चोलानाथ दाहाल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा कञ्चन उप्रेती, हितेन श्रेष्ठ, विनित बाँस्तोला, जिवेश ओली, मनोज कटुवाल, तुलसी कार्की, योगेन्द्र खड्का, अमित श्रेष्ठ, सुरेश गुरागाई, हिमाल पोर्तेल र नारद नेपाल छन् ।
नवनिर्वाचित टिमलाई निर्वाचन मण्डलका सदस्य तथा कानुन व्यवसायी राम थापाले सपथ खुवाएका थिए ।
संघले अधिवेशनको अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीदेखि प्रशिक्षकलाई समेत सम्मान गरेको थियोे ।
Discussion about this post