झापा, २ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा विश्वासको मत माग्न १० करोड अफर गरिएको खुलासा गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत अधयक्ष लिङ्देनले सत्ता पक्षले विश्वासको मतका लागि मन्त्री पद र १० करोड अफर गरिरहेको खुलासा गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरु प्रदेशसभा सदस्यहरुको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला काठमाडौं सम्मै आइपुग्यो ।’
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । त्यो भन्दा अगाडि आफ्नो पक्षमा मत हात पार्न विपक्षी दलका नेताहरुलाई फकाउने काम सुरु भएको छ ।
Discussion about this post