२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

साहित्य चौतारी

स्रष्टा क्षेत्री र बानियाँलाई ‘दीर्घ साधना सम्मान’

भदौ ६, २०८०, ४:२८ .बुधबार
0
0
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, ६ भदौ । साहित्य चौतारी झापाले सोमवार दुई जना झापाली स्रष्टा सर्जकलाई दीर्घ साधना सम्मान प्रदान गरेको छ ।

बिर्तामोड स्थित होटल हिकोला हेरिटेजमा आयोजित समारोहका बीच साहित्य चौतारीले साहित्यकारहरु भवानी क्षेत्री र हरिचरण बानियाँलाई उक्त सम्मान प्रदान गरेको हो ।

साहित्यको विकास र प्रवद्र्धनमा अहोरात्र लागेका दुई विशिष्ट प्रतिभालाई दीर्घ साधना सम्मान प्रदान गर्न पाउँदा खुशी लागेको साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए । ‘अविच्छिन्न साहित्य साधना र लेखन कर्ममा संलग्न हुनु चानचुने कुरा होइन’, कार्यक्रममा संरक्षक श्रेष्ठले भने ।

वरिष्ठ आख्यानकार पून्यप्रसाद खरेलको प्रमुख आतिथ्यमा साहित्य चौतारीको मासिक सांगीतिक काव्यसभा आयोजना भएको हो । कार्यक्रममा बोल्दै साहित्यकार खरेलले स्रष्टा सर्जकको योगदानलाई सम्झिने साहित्य चौतारीले लिएको नीति प्रशंसनीय रहेको बताए ।

‘देवीभक्त जीले साहित्य चौतारीलाई यहाँसम्म ल्याउन जुन भूमिका र लगानी गर्नु भएको छ, सायदै अरुले गर्दैन’, कार्यक्रममा प्रमुख अतिथि खरेलले भने, ‘भाषाकला र साहित्यको विकासका लागि सरकारी तहले पनि यत्तिको लगानी गरेका छैनन् ।’

रजत वर्ष मनाइँदै

२०५६ सालमा स्थापना भएको साहित्य चौतारीले रजत वर्ष मनाइरहेको छ । रजत वर्षका अवसरमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । स्थापना हुँदै गर्दा राष्ट्रकवि माधवप्रसाद घिमिरेले साहित्य चौतारीको उद्घाटन गरेका थिए । साहित्य चौतारीले सधैँ राष्ट्रकविलाई सम्झदै आएको छ ।

सोमवारको मासिक सांगीतिक काव्यसभामा पनि राष्ट्रकविका रचना गुञ्जिएका छन् । उनको तेस्रो स्मृति दिवस पनि हो । साहित्य चौतारीको स्थापनामा राष्ट्रकवि घिमिरेको महत्वपूर्ण योगदान भएको संरक्षक श्रेष्ठले बताए । कार्यक्रममा आर्ट स्टुडियो चारपानेको महिला टोलीले पञ्चेबाजा बजाएको थियो ।

‘जन्मदिनमा बत्ती निभाएर केक काट्नु गलत’

सम्मानित प्रतिभा हरिचरण बानियाँ नेपाली समुदायले आफ्नो परम्परागत संस्कृति बिर्सिन थालेको बताउँछन् । कार्यक्रममा उनले बत्ती निभाएर जन्मदिन मनाउने नेपालीको परम्परा हुन नसक्ने बताए ।

‘केक काट्ने र बत्ती निभाउने चलन हाम्रो होइन’, बानियाँले भने, ‘यसलाई हामीले छोड्नु पर्छ ।’ अंकल, आन्टी र सर म्याडमका नाममा सबै साइनो र सम्वन्धहरु सकिएको स्मरण गर्दै बानियाँले यसमा सचेत हुने बेला आएको बताए ।

साहित्यकार भवानी क्षेत्री कार्यक्रममा खादाको प्रयोग घटाउँदै लैजानु पर्ने बताउँछिन् । सम्मानस्वरुप विभिन्न संस्थाले खादा लगाइदिने गरेको स्मरण गर्दै क्षेत्रीले भनिन्, ‘खादा यतिधेरै भइसके । त्यसको उपयोगिता गर्न मुस्किल छ । डढाउँदा पनि विषादीयुक्त धूँवा निस्किने हो ।’

साहित्य चौतारीका अध्यक्ष हस्त परियारको अध्यक्षतामा आयोजित कार्यक्रममा सहसचिव देवीचरण भण्डारीले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन मासिक सांगीतिक काव्यसभाकी संयोजक सुनिता तामाङले गरेकी थिइन् ।

मासिक सांगीतिक काव्यसभा अन्तरगत गायन तथा नृत्यमा विभिन्न प्रतियोगी फाइनल चरणमा प्रवेश गरेका छन् । १५ वर्ष मुनिका प्रतिभाबीच प्रतिस्पर्धा भएको हो । गायनतर्फ प्रसुन गुरागाई, अर्पण सिटौला, डेविडजंग रिजाल र नृत्यतर्फ साया सुवेदी, प्रेसा राई, इसिता मुखिया फाइनलमा प्रवेश गरेका हुन् । बालदिवसको अवसरमा उनीहरुबीच भदौ २९ मा प्रतिस्पर्धा हुनेछ ।

होटल हिकोला हेरिटेजको आठौँ वार्षिकोत्सव

मासिक सांगीतिक काव्यसभासँगै होटल हिकोला हेरिटेजको आठौँ वार्षिकोत्सव पनि मनाइएको छ । सोमवारदेखि होटल नवौँ वर्षमा प्रवेश गरेको हो । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले खोलिएको होटलले व्यवसायिक सफलता हासिल गर्दै गएको सञ्चालक देवीभक्त श्रेष्ठले बताए । छोरी मनिताको जन्मदिनको अवसर पारेर श्रेष्ठले आठ वर्षअघि होटल सञ्चालनमा ल्याएका थिए ।

होटलको वार्षिकोत्सवलाई जोडेर कार्यक्रममा साहित्यकार बिनोद खनालले पर्यटन प्रवर्धनमा साहित्य, संगीत, कला, भाषा, संस्कृतिको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका छन् । होटलका प्रवन्ध निर्देशक गौरव श्रेष्ठ पर्यटकको चाहना अनुसारका सेवा सुविधा विस्तार गर्दै लैजाने नीति रहेको बताउँछन् । ‘छिट्टै कपीसप सञ्चालन गर्ने योजनामा छौँ’, प्रवन्ध निर्देशक श्रेष्ठले भने ।

नवौँ वर्ष प्रवेशको अवसरमा होटलले खानामा १० प्रतिशत र रुममा १५ प्रतिशत छुटको व्यवस्था पनि गरेको छ । आगामी तीन महिनासम्म छुट सुविधा उपलब्ध रहेको होटलका मेनेजर विवेक बरालले बताए ।

पछिल्लो समाचार

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त

अघिल्लो समाचार

सर्वोच्चमा विश्वासको मत विरुद्ध रिट दर्ता

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.