विराटनगर, ६ भदौ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले असंवैधानिकरुपमा सभाध्यक्षलाई प्रयोग गर्दै विश्वासको मत लिने मुख्यमन्त्री उद्धव थापा विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेेका छन् ।
पूर्व मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने मुख्यमन्त्री थापा विरुद्ध सर्वोच्चमा रिट दर्ता गरेेका हुन् ।
विराटनगरमा प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको प्रथम साधारण सभालाई मंगलबार नै सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका कार्कीले आज (बुधवार) मुख्यमन्त्री थापा विरुद्ध अदालतमा रिट दर्ता गर्ने बताएका थिए ।
सत्ता गठबन्धनका दलका मुख्यमन्त्री थापाले सोमबार प्रदेश सभामा विश्वासको मत लिने क्रममा असंवैधानिकरुपमा सभाध्यक्षलाई प्रयोग गर्दै विश्वासको मत लिएको विरुद्ध अदालत गएका हुन् ।
‘संविधानको ठाडो उल्घंन भएकाे छ’, कार्कीले भने–‘कोशी प्रदेशमा सत्ता गठबन्धनको नाङ्गो नाच देखियो । यो भन्दा लज्जास्पद फोहोरी राजनीतिक के सक्छ ।’
Discussion about this post