१९ मंसिर २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

चौतारी कोशी प्रदेशको सभा

यस्तो छ चौतारीको ९ बुँदे विराटनगर घोषणापत्र

भदौ ६, २०८०, ६:०६ .बुधबार
0
0
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर, ६ भदौ । प्रेस चौतारी नेपाल कोशी प्रदेशको प्रथम साधारण सभाले नौँ बुँदे विराटनगर घोषणापत्र जारी गरेको छ ।

विराटनगर स्थित कञ्चनजंघा पाटी व्यालेसमा सम्पन्न प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको प्रथम साधारण सभाले ९ बुँदे विराटनगर घोषणापत्र जारी गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश वस्नेत, कोशीका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, एमाले प्रचार तथा प्रकाशन विभाग एवम् प्रेस चौतारीका इन्चार्ज राजेन्द्र गौतम, प्रचार तथा प्रकाशन विभाग सदस्य चेतन अधिकारी, पूर्व अध्यक्ष गगन विष्ट, महासचिव हिरामान लामा, पार्टी अन्तरगत प्रदेश चौतारीका इन्चार्ज गणेश पोखरेल, कोशीका पूर्व मन्त्री जीवन घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा चौतारी प्रदेश कमिटीका महासचिव गोपाल झापालीले सांगठानिक र कोषाध्यक्ष युवराज विवश पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रेस चौतारी कोशी प्रदेश कमिटीको १७ सदस्यीय सचिवालय गठन गरिएको छ । जस्मा ४ जना सचिव समेत थप गरिएको छ भने ४ जना सदस्य मनोनित गरिएको छ ।

सदस्यबाट थप गरिएका ४ जना सचिवमा विशाल नेम्बाङ, नवराज विष्ट, ज्योति चौहान र हिरालाल साह छन् । मनोनित गरिएका ४ जना प्रदेश कमिटी सदस्यहरुमा हिरालाल साह, मनोज दाहाल, लक्ष्मी उप्रेती र युवराज विष्ट रहेका छन् ।

सचिवालयमा थप गरिएका सदस्यहरुमा रमेश तिवारी, महेश गुरगाई, शिशिर चम्लागाई, नवराज भट्टराई, युवराज विष्ट र हिमाल दाहाल छन् । सो नामहरुको घोषणा चौतारीका केन्द्रीय उपाध्यक्ष एवम् अध्यक्ष मण्डलका अध्यक्ष राजेश राईले गरेका थिए । कार्यक्रमको सञ्चालन अध्यक्ष मण्डलका सदस्य देवेन्द्र कार्कीले गरेका थिए ।

प्रेस चौतारी प्रदेश कमिटीका अध्यक्ष अविजाल विष्टको अध्यक्षतामा सम्पन्न साधारण सभाको स्वागत केन्द्रीय सचिव एवम् प्रदेश इन्चार्ज विक्रम लुईटेलले र सञ्चालन महासचिव गोपाल झापालीले गरेका थिए ।

९ बुँदे विराटनगर घोषणापत्र :

प्रेस चौतारी नेपाल कोशी प्रदेश प्रथम साधारण सभा
विराटनगर घोषणापत्र
प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिको प्रथम प्रदेश साधारणसभा मोरङ जिल्लाको विराटनगरमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यमा भदौ ५ गते सम्पन्न भयो । साधारण सभाले ९ बुँदे विराटनगर घोषणापत्र जारी गरेको छ ।
१) प्रेस चौतारी नेपालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारहरुको हित रक्षाको निम्ती सम्झौताहिन संघर्ष र नेतृत्व गर्दै आएको छ । साथै नेपाली प्रेसलाई थप जिम्मेवार, मर्यादित र सशक्त्त बनाउन दृढ छ ।
२) विभिन्न सञ्चार माध्यममा कार्यरत श्रमजीवी पत्रकारहरुले नियमित न्युनतम श्रमको मुल्य नपाएको पीडादायी अवस्थाप्रति यो बैठकको गम्भिर ध्यानाकर्षण भएको छ । महंगी र बजारको भाउँको आबश्यकतालाई ध्यानमा राखेर श्रमजीवी पत्रकारहरुको तलबमा वैज्ञानिक ढंगले अद्यावधिक गरी लागु गर्न यो बैठक माग गर्दछ ।
३) पछिल्लो समयमा आमसञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई विभिन्न बहानामा निष्काशन गर्ने तथा न्यूनतम पारिश्रमिक दिन आनाकानी गर्ने, बेतलबी बस्न बाध्य पार्ने जस्ता कार्य भइरहेको प्रति ध्यानाकर्षण भएको छ । रोजगारी तथा न्यूनतम पारिश्रमिकको ग्यारेन्टी गर्न माग गर्दछ ।
४) श्रमजीवी पत्रकारहरुद्धारा सञ्चालित साना लगानीका स्वरोजगारमुलक सञ्चार माध्यमहरु धरासयी बन्दै गएका छन् । यस्तो अवस्थामा अनलाइन सञ्चार माध्यम समेतलाई लोक कल्याणकारी विज्ञापन प्रदान गर्न र समानुपातिक विज्ञापन प्रणाली तत्काल लागू गर्न यो साधारणसभा माग गर्दछ । साथै सञ्चारमाध्यम नवीकरण सहज र सरल बनाउनसमेत माग गर्दछ ।
५) प्रविधिको विकाससँगै पछिल्ला समयमा आम सञ्चार र सूचनाको क्षेत्रमा आइरहेका नयाँ परिवर्तनहरू लाई आत्मसाथ गर्दै बदलिएको समय र सन्र्दभमा प्रेस चौतारी नेपाललाई श्रमजीवी पत्रकारहरुको अग्रणी संगठनको रुपमा लैजाने दृढ संकल्प र प्रण यो साधारणसभा गर्दछ ।
६) श्रमजीवी पत्रकारको निःशुल्क उपचार, दुर्घटना बिमा, स्वास्थ्य बिमा, जेष्ठ पत्रकारवृत्ति सम्बन्धमा विगतमा नेपाल सरकारले गरेका निर्णयहरूको तत्काल प्रभावकारी कार्यान्वयन गर्न माग गर्दछ ।
७) पत्रकार महासंघलाई वास्तविक श्रमजीवी पत्रकारहरुको छाता संगठनका रुपमा स्थापित गर्न पत्रकार महासंघले शुद्धिकरणको अभियान सञ्चालन गरेकोमा प्रेस चौतारी नेपाल शुद्धीकरणका मापदण्डहरू पुर्णरुपमा अक्षरशः लागु गर्न माग गर्दछ । शुद्धिकरणको नाममा छानी छानी प्रेस चौतारी नेपालका सदस्यलाई हटाउने हर्कत अहिलेको महासंघका नेतृत्वले गरिरहेका छन् । मापदण्ड बमोजिम निष्पक्षरुपमा शुद्धिकरण अगाडी बढाउन यो सभा जोडदार माग गर्दछ ।
८) कोशी प्रदेशमा मिडियाहरुको व्यवस्थापनका लागि सञ्चार प्रतिष्ठान तत्काल गठन गर्न माग गर्दछ ।
९) पछिल्लो समय कोशी प्रदेशको सत्ता गठबन्धनले सत्ता निर्माणको क्रममा संविधान र सर्वोच्च अदालतको आदेशलाई समेत मिचेर गरेको घिनलाग्दो हरकर्तको भत्सर्ना गर्दछौं । संविधान र लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाको लागि सत्ता गठबन्धनको असंवैधानिक हर्कतका विरुद्ध उभिन प्रदेशका सम्पूर्ण सञ्चारकर्मीहरुलाई आह्वान गर्दछौं ।
अन्तिममा यो साधारणसभा भव्य रुपमा सम्पन्न गर्नका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दछौं ।
सो विराटनगर घोषणा पत्रको मस्याउँदा मोहन काजी, अर्जुन कार्की र हिमाल दाहालले गरेका थिए ।

पछिल्लो समाचार

सर्वोच्चमा विश्वासको मत विरुद्ध रिट दर्ता

अघिल्लो समाचार

केन्द्रले दियाे आम्दा मेचीलाई स्वास्थ्य सामाग्री

Related Posts

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार
स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित
banner

स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित

मंसिर १९, २०८२, ११:३० .शुक्रबार
मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम
banner -1

मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम

मंसिर १९, २०८२, १०:०५ .शुक्रबार
बालविवाह, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी प्रशिक्षण
banner -2

बालविवाह, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी प्रशिक्षण

मंसिर १८, २०८२, ७:३८ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.