
मेचीनगर, ६ भदाै । काँकरभिट्टाकाे महिला जनचेतना केन्द्रले आम्दा मेची अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरेकाे छ
आज धुलाबारी स्थित अस्पतालमा एक कार्यक्रमका बीच केन्द्रले विपदकाे समयमा सघाउँ पुग्ने उदेश्यले ५५ हजार मुल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।
साे सामाग्री केन्द्रकी अध्यक्ष राधा प्रधान कार्कीले अस्पताल ब्यवस्थापन समितिका उपाध्यक्ष एवम् मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं र आम्दा मेची अस्पतालका इन्चार्ज डाक्टर पाेषणरमण त्रिपाठीलाई हस्तान्तरण गरेकी थिइन् ।
हस्तान्तरण गरिएको सामग्रीले अस्पतालकाे दैनिक सेवामा सघाउँ पुग्ने समितिका उपाध्यक्ष प्रसाईले बताए ।
स्वास्थ्य सामाग्रीहरुमा ६ थान मेट्रेस,३ थान आईभी स्टेन्ड, २ थान बेड स्क्रिन रहेको छ ।
कार्यक्रममा मेची उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रिषिराज तिम्सिना, उपाध्यक्ष भुमि पाैडेल, महासचिव दिनेश शाक्य, कार्यकारी निर्देशक गाेपाल बस्नेत, अस्पताल प्रशासन प्रमुख किरण निराैला, महिला जनचेतना केन्द्रकी सचिव भुवन सुब्बा, काेषाध्यक्ष लक्ष्मी खनियाँ, सहसचिव रीता प्रधान लगायतको उपस्थिति रहेको थियोे ।





Discussion about this post