४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

काँकरभिट्टा नाका खुलाउने प्रयास गछौँँ : मेयर बुढाथोकी

भदौ ७, २०८०, ७:१६ .बिहिबार
0
0
0
SHARES
99
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ७ भदौ । मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीले झापा क्षेत्र नम्बर १ का सांसदहरुसंग छलफल गरेर पूर्वी नाका खुलाउने पहल गर्ने बताएका छन् ।

आज काँकरभिट्टा स्थित होटल व्यवसायी संघ मेचीनगरको नयाँ भवनको उद्घाटन गर्दै मेयर बुढाथोकीले यस्तो कुरा बताएका हुन् ।

‘चाँडै यहाँका सांसदहरुसँग बसेर काँकरभिट्टा नाका खुलाउने विषयमा छलफल गर्छु’, मेयर बुढाथोकीले भने–‘नाका नखुलेका कारण सबै क्षेत्रका मानिसहरु समस्यामा परेका छन् । चाँडै खुलाउने प्रयास गछौँ ।’

उनले कोभिड–१९ देखि पीडित बनेका यहाँका सबै क्षेत्रका मानिसहरुलाई नाका नखुलेका कारण पर्यटकहरु पनि आउन नपाएको बताए । भारतले यो नाकाबाट पर्यटकलाई भिषा नदिएका कारण यहाँका पर्यटन, होटल व्यवसायी सबै मारमा परेको उनको भनाई छ ।

यसका लागि सम्बन्धीत मन्त्रालयका सचिवसँग छलफल भइरहेको उनले बताए । उनले यहाँका सबै व्यवसायीहरुसँग बसेर नगरपालिकाले छलफल गर्ने बताए ।

मेची पुलमा सिटी रिक्साको भिड, बस पार्कमा यातायातको व्यवस्थापन, भारतबाट अवैधरुपमा छिर्ने सामान लगायतका विषयमा सरोकारवालासँग छलफल गरेर टुंगोमा पुग्ने मेयर बुढाथोकीको भनाई छ ।

कार्यक्रममा उपमेयर मीना पोखरेल उप्रेती, मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, होटल व्यवसायी संघ झापाकी अध्यक्ष ईन्दिरा श्रेष्ठ, होटल व्यवसायी एवम् समाजसेवी राजु कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पूर्वअध्यक्ष अर्जुन सुब्बालाई सम्मान समेत गरिएको थियो ।

काँकरभिट्टामा ५ धुर जग्गामा एकतले पक्का भवन निर्माण भएको हो । २०७९ फागुन १५ गते भवनको शिलान्यास गरिएको थियो । २१ लाखमा रुपैयाँमा निर्माण भएको उक्त भवनका लागि नगरपालिकाले १० लाखमा कर काटेर ८ लाख ५० हजार, गोरखा ब्रुअरी कम्पनीले ५ लाख र नगरका विभिन्न होटल व्यवसायीहरुले सहयोग गरेको संघ जनाएको छ ।

होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष मानबहादुर गिरी (ध्रुब) ले र सञ्चालन महासचिव हस्तबहादुर तामाङले गरेका थिए ।

 

पछिल्लो समाचार

सम्पर्कविहिन छोरा मलेसियामा रहेको पुष्टि भएपछि आमा खुशीले गदगद

अघिल्लो समाचार

विश्वासको मत विरुद्धको रिटको सुनवाई आजै

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.