झापा, २१ भदौ । डेंगु संक्रमणबाट काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज विहान निधन भएको महानगरपालिकाले जानकारी दिएको छ ।
उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
रिजाल दोस्रो पटक नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस क्षेत्र नम्बर ७ का सभापति समेत हुन् ।
नगर कार्यपालिका अन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०२७ साल कात्तिक १९ गते जन्मिएका हुन् ।
महानगरपालिकाले राष्ट्रिय सभागृहमा विहान ११ वजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ । वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन् ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ । उनको निधन भएपछि महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल लगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरु अस्पताल पुगका छन् ।




Discussion about this post