झापा, २० भदौ । भद्रपुरको ओमसाई पाथिभरा अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवाका लागि भारतको एम्स अस्पतालबाट थप डाक्टरहरु ल्याउने तयारी गरेको छ ।
अस्पतालले कन्सल्टेन्ट चिकित्सकको सेवा विस्तार गर्न एम्सबाट थप डाक्टरहरु ल्याउन लागेको हो ।
अस्पतालले आउँदो असोज १ गतेदेखि १५ बेडको एनआईसीयु र १० बेडको नर्सरी वार्ड थप गर्ने तयारी गरेको अस्पतालका प्रबन्ध निर्देशक बालकुमार पोखरेल (साईराम) ले जानकारी दिए ।
पूर्वमा नै पहिलोपटक अस्पतालमा नवजात शिशु रोग विशेषज्ञ कन्सलटेन्ट डा.श्रवणकुमार राउत र डा. कुन्दनकुमार यादवको दैनिक सेवा सुरु हुने पोखरेलको भनाई छ ।
डा. राउत कन्सल्टेन्ट फिजिसियन हुन् । उनी भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालबाट आउन लागेका हुन् । एम्स अस्पतालबाट पाइने गुणस्तरीय स्वास्थ्य सेवा अब ओमसाई अस्पतालबाटै पाइने दावी गरिएको छ ।
शिशुको तौल कम भएको, श्वासप्रश्वासमा समस्या भएको, जन्मैदेखि मुटुमा समस्या, उच्च रक्तचाप, मृगौला, कलेजो, दम, खोकी, मुटु, जन्डिस, सुगर, थाइराइट, ग्यास्ट्रिक लगायतका विरामीले बीमाबाटै गुणस्तरीय उपचार सेवा पाउने छन् ।
Discussion about this post