झापा, २० भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ ।
काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवको टाउकोमा धारिलो हतियारले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
उनीमाथि खुकुरी हानेको आरोपमा श्यामबहादुर सापकोटालाई प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए ।
यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सहमहामन्त्री यादवमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै तरुण दलले सरकारको विरोध गरेको छ ।
श्रोतका अनुसार राजावादीहरुले एमसीसीको पक्षमा बोलेका कारण सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण भएको छ ।
Discussion about this post