२९ मंसिर २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाजवाद अभियान

पुँजीवादको उछितो काढेर समाजवाद ल्याउछौँ : घनेन्द्र वस्नेत

अशोज १३, २०८०, १:५१ .शनिबार
0
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १३ असोज । नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र वस्नेतले एकदिन यो धर्तीमा पुँजीवादको उछितो काढेर मात्र समाजवाद आउने बताएका छन् ।

आज काँकरभिट्टा स्थित खानेपनी कार्यालयको सभाहलमा समाजवादी जागरण अभियानको विषयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो कुरा बताएका हुन् ।

‘५२ वर्षअघि देशमा सामान्तवाद अन्त्य गर्न जागरण अभियानको उदघोष गरेका थियौँ’, उपाध्यक्ष वस्नेतले भने–‘आज फेरि दलाल पुँजीवादको अन्त्य गरेर समाजवाद ल्याउन समाजवादी जागरण अभियान सुरु गरेका छौँ ।’

‘दलाल पुँजीवादले देशमा विकास हुँदैन । समाजवादी क्रान्तीका लागि सबै एकजुट भएर लाग्नु पर्छ । समाजवाद ल्याउँदा जनताले नपत्याउन सक्छन् । तर, एकदिन यो धर्तीमा पुँजीवादको उछितो काढेर भएपनि समाजवाद ल्याएरै छाड्छौँ’,–उनले भने ।

नामाकरणका विषयमा खुल्ला छलफल : जगनाथ खतिवडा

पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले आइतबार मेचीदेखि महाकालीसम्म सुरु हुने १५ दिने अभियानका विषयमा पत्रकारलाई जानकारी गराएका थिए । उनले १ हजार किलोमिटरको लम्वे महाअभियान हुने बताएका छन् ।

उनले सयौँ थुङ्गा फुलका हामी भने जसरी एकीकृत समाजवादी पनि जनतासँगै एकता भएर अघि बढ्ने छ भन्ने हाम्रो अभियान रहेको स्पष्ट पारेका थिए । कोशी प्रदेशको नामाकरणका विषयमा खुल्ला छलफल गर्न तयार रहेको उनले बताएका छन् ।

कृषिमा क्रान्ती र युवा पलायन रोक्छौँ : डा.पौडेल

पार्टीका उपमहासचिव एवम् अभियानका संयोजक डा. विजय पौडेलका अनुसार अभियानको मुख्य उद्देश्य कृषिमा क्रान्ती र विदेश पलायन भएका युवाहरुलाई रोक्ने हो । उनले वेरोजगारी उन्मुलन र विकासको मानक परिवर्तन गर्ने दावी गरे ।

‘५१ प्रतिशत कृषिमा आधारित नेपाली जनताको जीवनस्तर अहिलेसम्म उठन सकेको छैन’, पौडेलले भने–‘कृषि उत्पादन बिक्री गछौँ र युवा पलायन रोक्छौँ । कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सुशासन, विदेश नीति, पार्टी निर्माण लगायतका मुद्दा अभियानका मुल एजेन्टा रहेका छन् ।’

अभियानका क्रममा सबै तह तप्काका जनतासँग भेटेर सुझाव लिने, अभियानलाई सार्थक पारेपछि जनताबाट आएका एजेन्टालाई आगामी महाधिवेशनमा पारित गरेरअघि बढ्ने योजना रहेको उनको भनाई छ ।

उनले २०८४ सालको चुनावमा पार्टीलाई एक नम्बर बनाउने दावी गरे ।

०८३ को स्थानीय चुनाव कब्जा गछौँ : पुष्प पोखरेल

पार्टीका केन्द्रीय सदस्य, झापा इन्चार्ज एवम् अभियानका झापा संयोजक पुष्प पोखरेलले प्रतिगमनलाई प्रतिकार गरेर देशभरि यो अभियान सुरु गरेको बताए । संविधानलाई रक्षा गर्न पनि प्रतिगमनलाई मेचीबाट महाकाली हुँदै सुर्खेतमा लगेर बगाउने योजना रहेको पोखरेलको भनाई छ ।

‘अबको मिसन ०८४ साल होइन’, पोखरेलले भने–‘०८३ सालको स्थानीय तहको चुनाव कब्जा गर्ने छौँ ।’

अभियान भोलिदेखि सुरु

भोलि (आइतबार)देखि सुरु हुने अभियान अनुसार असोज १४ गते पहिलो दिन मेचीदेखि सुनसरी, १५ गते सप्तरी, १६ गते धनुषा, १७ गते रौतहट, १८ गते बारा, १९ गते चितवन, २० गते रुपन्देही, २१ गते बुटवल, २२ गते दाङ, २३ गते बाँके, २४ गते बर्दीया, २५ गते टिकापुर, २६ गते धनगढी, २७ गते महेन्द्रनगर र २८ गते सुर्खेतमा समापन हुनेछ ।

पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष प्रमुख अतिथि वस्नेतले अभियानको स्लेगन समेत सार्वजनिक गरेका थिए ।

पार्टीका प्रचार विभाग प्रमुख जगनाथ खतिवडाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको स्वागत झापा इन्चार्ज पुष्प पोखरेलले र सञ्चालन प्रचार विभाग सचिव प्रकाश खतिवडाले गरेका थिए ।

पछिल्लो समाचार

आजदेखि सोह्र श्राद्ध सुरु

अघिल्लो समाचार

गुरुङले गरे भाट भटेनी बिर्तामोडको उद्घाटन

Related Posts

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित
banner

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित

मंसिर २८, २०८२, ३:२२ .आइतवार
मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता
banner -2

मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता

मंसिर २८, २०८२, १:३१ .आइतवार
बिन्ती साकोसको साधारण सभा
box -2

बिन्ती साकोसको साधारण सभा

मंसिर २८, २०८२, १२:५५ .आइतवार
एमाले अजम्बरी छ : ओली
box -1

एमाले अजम्बरी छ : ओली

मंसिर २७, २०८२, ११:४४ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.