झापा, २७ असोज । भारत सिक्किम स्थित टिष्टा नदीको बाढीले बगाएका इलामका ५ जना परिवार सम्पर्कमा आएका छन् ।
उनीहरू गत असोज १७ गते आउको बाढीले बगाएदेखि सम्पर्कविहीन बनेका थिए ।
इलाम नगरपालिका–९ का ३० वर्षीय लाक्पा शेर्पा, २८ वर्षका कुमार बस्नेत, उनका श्रीमती नरमाया बस्नेत र छोरी ९ वर्षीया खुसी बस्नेत सम्पर्कमा आएका छन् ।
यस्तै सोही ठाउँका ४० वर्षीय सेनबहादुर कार्की पनि बेपत्ता थिए । उनीहरू सबै सम्पर्कमा आएको ईलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले बताए ।
आज उनीहरू सबैजना इलाम आईपुग्ने सेनबहादुरकी श्रीमती टीका कार्कीले बताइन् ।
उनीहरु सिक्किमको लाचेम, थम्बु तथा गोलाखर्कमा निर्माणकार्यमा ज्याला मजदुरीका लागि गएका थिए । टिष्टा नदीको बाढीले बगाएपछि उनीहरू सम्पर्कबिहीन बनेका थिए ।
बाढीका कारण २२ जना सैनिकसहित करिव १०५ जना नागरिकहरु हराइरहेका छन् । बाढीका कारण टेलिफोन र विद्युत् अवरुद्ध भएको छ ।
Discussion about this post