२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सहाराले दशैंमा बेच्यो ४०० वटा खसीबोका

कार्तिक १३, २०८०, ६:१७ .सोमवार
0
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

झापा, १२ कात्तिक । चारपानेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दशैंमा ६९ लाख ६० हजार मूल्यको खसीबोका विक्री गरेको छ ।

सहाराबाट कृषि कर्जा लिएर व्याबसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका कृषकबाट ती खसीबोका नगदै किनेर उपभोक्ताहरुलाई बिक्री गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताए ।

किसानबाट किनिएका खसीबोकाको स्वास्थ्य परीक्षण गरेर मात्र बजारमा बिक्रीका लागि पठाइने गरेको उनको भनाई छ ।

उनका अनुसार बिगत वर्षमा पनि सहारा नेपालले आफ्ना सदस्य कृषकको खसीबोका किनेर चाडपर्वका बेला खुला बजारमा बिक्री गर्दै आएको थियो । यसपाली पहिलोपल्ट इलामबाट संकलित खसीबोका काठमाडौँँसम्म लगेर बिक्री गरिएको थियो ।

सहारा नेपालको कृषि युनिटका प्रमुख डा.कमलेश्वर भाटले यसपालीको दशैंमा औसत ३० केजीका ४०० वटा खसीबोका बिक्री भएको जानकारी दिए । ती खसीबोका जिउँदै तौलिएर खोरबाटै नगदमा किनिदिँदा किसानहरु चाडका बेला लाभान्वित भएका थिए ।

झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर र पाँचथर जिल्लामा ती खसीबोका बिक्री गरिएका थिए । खसीबोका जिउँदै तौलिएर प्रति केजी ५८० रुपैयाँमा बिक्री गरिएको डा.भाटले बताए ।

‘हामी कृषकलाई व्यावसायिक बाख्रापालनमा प्रोत्साहित गर्न ऋणसँगै निःशुल्क तालिम, प्राविधिक सहयोग र बीमा प्रदान गरिदिन्छौं’, डा.भाटले भने –‘कृषकहरुले उत्पादन गरेका खसीबोका बजारिकरणमा पनि प्रत्यक्ष रुपमा सघाउँछौं । उनीहरुका खसीबोका किनेर बिक्री गरिदिन्छौं ।’

संस्थाले ६ वटा जिल्लामा चार सयको संख्यामा फ्रेस हाउसमा लगानी गरेको र ती फ्रेस हाउसले पनि किसानका खसीबोका अरु बेला किन्ने व्यवस्था मिलाइदिएको उनले बताए । बाख्रापालक कृषक र फ्रेस हाउसबीच व्यापारिक सम्बन्ध गाँसिदिदा दुबै पक्षलाई फाइदा भइरहेको र बजारिकरणको कुनै समस्या नभएको उनको भनाई छ ।

संस्थाले यसपाली दशैंअघि जुम्लाबाट स्याउ किनेर आफ्ना सदस्यहरुलाई बिक्री गरेको थियो । कर्णाली प्रदेशको स्याउ लगायत विभिन्न उत्पादनको बजारिकरण र बिउविरुवा उत्पादनमा संस्थाले सहयोग पुर्याउने नीति लिएको निर्देशक खतिवडा बताए ।

बाख्रापालक कृषकहरुलाई निःशुल्क प्राविधिक सहयोग पुर्याउन संस्थाले पशु चिकित्सकसहित दश जना कर्मचारी परिचालन गर्दै आएको छ ।

एक लाख ५७ हजार ९२० जना सदस्य रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा ७४ हजार १३० जना ऋणी सदस्य रहेका छन् ।

पछिल्लो समाचार

सहाराको ‘राष्ट्रिय व्यक्तित्व पुरस्कार’ प्रधानांगलाई

अघिल्लो समाचार

आज महोत्सवमा ज्योति मगरको प्रस्तुति

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.