धुलाबारी, १५ कात्तिक । धुलाबारी महोत्सवमा आज ‘मन्त्र व्याण्ड’को साँगितिक प्रस्तुति रहनेछ ।
बुधवार महोत्सवमा दार्जलिङको रक एण्ड रोल ब्यान्ड ‘मन्त्र’ ले वृहत साँगितिक कार्यक्रम गर्ने भएको हो ।
करिव ३ हजार दर्शकको जमघट गराउने लक्ष्य लिएको आयोजक मेची चेम्बर अफ कमर्सले व्याण्डको गीतमा रम्नका लागि युवा–युवतीहरुको उत्साहजनक सहभागिता रहने अनुमान गरेको छ ।
महोत्सवमा स्थापित ब्याण्ड मन्त्रले सांगीतिक माहोल तताउँनेछ । राति ८ बजेदेखि सुरु हुने कार्यक्रममा मन्त्र ब्याण्डले आफ्ना चर्चित गीत–संगीत मार्फत भरपुर मनोरञ्जन दिने आयोजक कमर्सका महासचिव प्रकाश खड्काले जानकारी दिए ।
मन्त्रले ‘एकान्तमा’, ‘संस्कृति’, ‘सधैं सधैं’, ‘वीर गोर्खाली’ लगायतका चर्चित गीतहरु दर्शकहरु माझ पस्किनेछन् छन् ।
धुलाबारी महोत्सवमा राष्ट्रिय कलाकारहरुको धुमधाम प्रस्तुतिले दर्शकहरुको भिड तान्ने प्रयास गरिरहेको आयोजकको भनाई छ । मंगलबार चर्चित गायिका ज्याति मगरले आधा दर्जन गीतहरु गाएर दर्शकहरुलाई मन्त्रमुग्ध पारेकी थिइन् ।
यसअघि महोत्सवमा गायिका रचना रिमाल, एलिना चौहान, मेलिना मैनाली, गायक माइला, महेश काफ्ले, प्रमोद खरेल, कमल खत्री, र्यापर लाहुरे लगायतका राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुति दिइसकेका छन् ।
Discussion about this post