बिर्तामोड, १८ कात्तिक । सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संस्थाका सदस्य तथा सदस्यका परिवार लामो समयसम्म विरामी भए घरैमा नै ‘मिनी अस्पताल’ को व्यवस्था गरिदिने बताएका छन् ।
आज बिर्तामोडमा भव्यरुपमा सम्पन्न सहाराको २७ औँ वार्षिक साधारण सभामा सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संस्थाका दिर्घरोगी तथा ज्येष्ठ नागरिकलाई उपकरणसहितको ‘मिनी अस्पताल’ घरैमा बनाइ स्वास्थ्य प्राविधिकले हेरचाह गरिदिने बताएका हुन् ।
संस्थाले सो प्रकृतिको सेवा सुरु गरिसकिएको बताएको छ । हाल करिव ३ दर्जन सदस्यलाई ‘मिनी अस्पताल’ घरैमा बनाइ स्वास्थ्य प्राविधिकले हेरचाह गरिरहेको गिरीको भनाई छ ।
Discussion about this post