झापा, १८ कात्तिक । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले ५ करोडको ‘सहारा शैक्षिक छात्रवृति कोष’ स्थापना गरेको छ ।
सहारा साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले गरिव तथा विपन्न शेयर सदस्यका छोरा–छोरीहरुलाई उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले ५ करोडको ‘सहारा शैक्षिक छात्रवृति कोष’ स्थापना गरेको बताए ।
एक लाख युवालाई रोजगार
त्यस्तै एक लाख युवाहरुलाई क्लबहरु मार्फत रोजगारी सिर्जना गराइने संस्थाको भावि लक्ष्य रहेको छ ।
युवाहरुलाई नेतृत्व, उद्यमशिलता र रोजगारीका अवसरहरु सिर्जना गर्न एक लाख युवा सदस्यहरु संलग्न गराइने कार्यकारी प्रमुख गिरीले बताए ।
युथ एकेडेमी र थ्रि जिरो क्लब मार्फत युवा सदस्यहरुलाई संगठित गरिने संस्थाको योजना रहेको उनले जानकारी दिए ।
Discussion about this post