मेचीनगर, १८ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जाजरकोट र रुकुम पश्चिममा शुक्रवार राति गएको भूकम्पका पीडितलाई राहत पुर्याउन मेची अभियान मार्फत २५ हजार सहयोग गरेका छन् ।
प्रतिनिधि सभाका सदस्य समेत रहेका उनले भूकम्पका पीडितलाई राहत पुर्याउन मेची अभियानमार्फत सहयोग प्रदान गर्नका लागि आफ्नो तलवबाट उक्त रकम दिएका हुन् ।
मेची अभियान एउटा सामाजिक संस्थाको रुपमा परिचित छ । मेची अभियानको संयोजक विजय डालमिया छन् ।
वि.सं. २०७२ वैशाख १२ गते गएको महाभूकम्पका बेला सहयोग पुर्याउनका लागि मेची अभियान गठन भएको थियो । उक्त अभियानको संस्थापकमा महामन्त्री शर्मा पनि हुन् ।
यसैबीच नेपाली कांग्रेस पार्टी कार्यालयले जाजरकोट र रुकुम पश्चिमका भूकम्पका पीडितलाई उद्वार, राहत र पुनस्र्थापनाका लागि सरकारको कोषमा ५० लाख उपलब्ध गराउने निर्णय गरेको महामन्त्री शर्माले जानकारी दिए ।
Discussion about this post