झापा, २० कात्तिक । यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते विहान १०ः५१ बजे परेको छ ।
नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिले सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् ।
समितिका अनुसार भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधवार विहान १०ः५१ बजे परेको छ ।
हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी–बहिनीले दाजु–भाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ ।
Discussion about this post