झापा, १९ कात्तिक । नेपाल टेलिकम सुरुङ्गा शाखाका लेखा अधिकृत ५१ दिनदेखि सम्पर्कविहीन भएका छन् ।
सुरुङ्गा शाखाका लेखा अधिकृत ३१ वर्षीय दिलिप सुवेदी ५१ दिनदेखि बेपत्ता भएका हुन् ।
कनकाई नगरपालिका–३ स्थित शाखा कार्यालयको क्वाटरबाट भदौ ३० गतेदेखि बेपत्ता भएका छन् । उनी अझै फेला नपरेको बुबा नेत्रप्रसाद सुवेदीले बताए ।
खोटाङको हलेसी–तुवाचुङ नगरपालिका स्थायी ठेगाना भएका उनी विराटनगर महानगरपालिका–४ राजवंशी चोकमा बस्दै आएका थिए ।
उनको परिवारले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरेर खोजीका लागि सबैसँग सहयोग मागेका छन् । दिलिपका दाजु लक्ष्मीप्रसादले हराएको लामो समयसम्म भाइको अत्तोपत्तो नभएको बाताए ।
दिलिप भदौ ३० गते विहान करिव साढे ६ बजे कार्यालयकै सुरक्षागार्ड ओमप्रकाश खरेलसँग चिया खान स्कुटरमा बजारतिर निस्किएको परिवारको भनाई छ ।
Discussion about this post