मेचीनगर, २८ कात्तिक । बाहुनडाँगीबासीलाई हात्ती आतंकले जहिलै त्रसाइरहेको छ ।
दिनहुँ हुलका हुल भएर आउने भारतीय जंगली हात्तीले बाहुनडाँगीका स्थानीयलाई त्रसित बनाइरहेको छ ।
भारतसँग सीमा जोडिएको बाहुनडाँगी र मेचीनगर आसपासका स्थानीयले दिनहुँ हात्तीको आतंक व्यहोरिरहनु परेको छ ।
बाहुनडाँगीका किसानले वर्षभरि दुःख गरेर उब्जाएको धान हात्तीको हन्जाले एकै झट्कामा सखाप पारिदिने गरेको छ ।
बाली जोगाउने कि, घर जोगाउने कि आफ्नो ज्यान भन्ने चिन्ता किसानलाई दिनहुँ हुन्छ । धेरैले धान त जोगाए, घर जोगाए तर आफ्नो जीवनचाँहि बचाउन सकेनन् । त्यो विडम्बना हामीले आँखै अगाडि भोगिरहेका छौँ । त्यसो त झापामा वषौँदेखि यसरी नै हात्तीबाट जोगिन संघर्ष गरिरहेका छन् स्थानीय ।
हालसम्म ५ दर्जन जति नागरिकको ज्यान गइसकेको छ भने घाइते र अंगभंग हुनेको संख्या पनि धेरै छ ।
वन्यजन्तु संरक्षणकर्मी एवम् सामाजिक अभियन्ता शंकर लुईटेलका अनुसार हिजो साँझ ६ वजे मेचीनगर–४ स्थित प्रसाद गौडाबाट करिव ३० वटा हात्ती भारतबाट बाहुनडाँगी छिरेको छ । अहिले ति हात्तीहरु मेचीनगर–३ स्थित बहुवन सामुदायिक वनमा रहेको उनको दावी छ ।
‘गत वर्षमा पनि आएका करिव २० वटा हात्ती यहिँ छ’ अभियन्ता लुईटेलले भने–‘अहिले यो समेत जोड्दा ५० वटा पुग्यो । यि हात्तीहरु मेचीनगर तथा झापाका विभिन्न स्थानका जंगलमा रहँदा ज्यानको जोखिम बढि हुन्छ । बेलैमा राज्यले यसलाई समाधान गर्न तिर नलागे दुर्घटना निम्तीने सम्भावना छ ।’
भिडियो पनि हेर्नुहोला
Discussion about this post