२१ पुष २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

ड्रोनबाट निगरानी

प्रसाई समूहको बल्खु, युवा संघको तिनकुनेमा प्रदर्शन

मंसिर ७, २०८०, ४:३२ .बिहिबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

झापा, ७ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान र नेकपा एमालेको भातृ संगठन युवा संघले आज काठमाडौंमा गर्ने प्रदर्शनका लागि प्रहरीले विशेष सुरक्षा व्यवस्था गरेको छ ।

विहीबार काठमाडौँमा हुने प्रदर्शनमा घुसपैठ र अप्रिय घटना हुन सक्ने सम्भावनालाई विश्लेषण गर्दै प्रहरीले एकीकृत विशेष सुरक्षा योजना लागू गरेको हो ।

सुरक्षाकर्मीहरुलाई परिचालन गर्न उपत्यका प्रहरी कार्यालयले डिआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर खडा गरेको छ । कमाण्ड सेन्टरमा नेपाली सेनाको सैनिक गुप्तचर महानिर्देशनालय (डीजीएमआई) का एक जना अधिकृतसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली रहनेछन् ।

विहानैदेखि काठमाडौंका चोक–चोकमा हतियारसहितका सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । प्रदर्शनकारी बसेका स्थानमा समेत सादा पोशाकसहितका सुरक्षाकर्मी खटिएका छन् । प्रसाई समूहले बल्खु र युवा संघले तिनकुने क्षेत्रमा केन्द्रित भएर प्रदर्शन गर्दैछन् । त्यसअघि विभिन्न स्थानबाट जुलुस निस्किने छ ।

प्रसाई समूहले भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय अगाडिको चौर, गोंगबु चोक, स्वयम्भु, कलंकी, जावलाखेल, सातदोबाटो, कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय प्रवेशद्वार र चाबहिल चोकबाट ¥याली निकाल्ने जनाएको छ । यसैगरी युवा संघको जुलुस भक्तपुरको सल्लाघारीबाट तिनकुने आउने छ ।

यी जुलुसहरुले रिङगरोड भित्रका विभिन्न रुट प्रयोग गर्ने भएकाले काठमाडौं उपत्यकामा विशेष निगरानी र सतर्कता अपनाइएको छ । जुलुसमा सादा पोशाकका सुरक्षाकर्मीहरु पनि रहनेछन् र उनीहरुले सूक्ष्म निगरानी गर्नेछन् ।

साथै सीसीटीभी फुटेजहरुबाट पनि जुलुसको निगरानीको व्यवस्था गरिएको छ । बल्खु र तिनकुने क्षेत्र वरपर ड्रोनबाट पनि निगरानी गरिने छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर–माइतीघर खण्ड, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास लगायत क्षेत्रका वरपर निषेधाज्ञा जारी गरेको छ ।

यसैगरी ललितपुर प्रशासनले पनि पुल्चोकस्थित मन्त्री निवास र संयुक्त राष्ट्रसंघको कार्यालय वरपरको क्षेत्रमा पनि निषेधाज्ञा जारी गरेको छ । यसैगरी ट्राफिक प्रहरीको एफएमले पनि सडकको अवस्थाबारे निरन्तर जानकारी दिने व्यवस्था गरेको छ । आज उपत्याकाका विद्यालयहरु बन्द गरिएको छ ।

पछिल्लो समाचार

एमाले कोशी प्रदेशमा ११ जना सदस्य मनोनित

अघिल्लो समाचार

आज हरि बोधिनी एकादशी

Related Posts

भद्रपुरमा वाणिज्य संघले माघ ७ गतेदेखि व्यापार महोत्सव लगाउँदै
banner

भद्रपुरमा वाणिज्य संघले माघ ७ गतेदेखि व्यापार महोत्सव लगाउँदै

पुस २१, २०८२, १:०३ .सोमवार
मिडिया कपको संरक्षक मेचीनगर, संस्थाहरु जोडिदैँ
box -3

मिडिया कपको संरक्षक मेचीनगर, संस्थाहरु जोडिदैँ

पुस १९, २०८२, १२:५२ .शनिबार
छुर्पी संघको सभामा उद्योग बाणिज्य महासंघको चुनावको चर्चा
banner -2

छुर्पी संघको सभामा उद्योग बाणिज्य महासंघको चुनावको चर्चा

पुस १९, २०८२, १२:३० .शनिबार
यी हुन् मेचीनगरबाट छनोट भएका एमाले प्रतिनिधिहरु
banner -1

झापा-१ बाट एमालेका ८ जनाकाे नाम सिफारिस

पुस १९, २०८२, ९:४५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.