मेचीनगर, ७ मंसिर । इष्ट होराइजन माध्यमिक विद्यालयले भारतको आन्दा प्रदेशको एक कार्यक्रममा आफ्नो प्रतिभा प्रदर्शन गर्ने भएको छ ।
आगामी डिसेम्बर १, २ र ३ तारिखमा भारतको आन्द्र प्रदेशमा ‘कृतज्ञता यात्रा’ हुन गइरहेको छ । उक्त कार्यक्रममा नेपालको तर्फबाट इष्ट होराइजनले आफ्नो साँस्कृतिक कला तथा ब्याक्पाइपर व्याण्ड देखाउने भएको छ ।
आन्द्र प्रदेश पुटापर्तीमा हुने कार्यक्रममा भाग लिन इष्ट होराइन स्कूलका कक्षा–१ देखि १२ सम्मका ३५ विद्यार्थी र ७ जना शिक्षकको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ । उक्त कार्यक्रममा नेपालबाट करिब ५ हजार मानिस सहभागी हुँदैछन् ।
कला संस्कृतिलाई संरक्षण तथा उजागर गर्न हरेक वर्ष विभिन्न देशहरुमा ‘कृतज्ञता यात्रा’ हुने गर्दछ । यस वर्ष नेपालले आयोजना गरेको उक्त कार्यक्रम अन्तरगत ग्लोबल मेडिकल क्याम्प सुरु भइसकेको छ ।
उक्त मेडिकल क्याम्पमा विश्वरभरका नेपाली डाक्टर तथा इष्ट होराइजनका विद्यार्थी सहभागी भएको विद्यालयका प्रिन्सिपल सन्जिव राईले बताए ।
भारतको चर्चित रियालिटी सोका कोरियोग्राफर अन्वर हुसेनले कोरियोग्राफ गरेका उत्कृष्ट नृत्य र ब्याक पाइपर व्याण्डको आकाश बराइलीले सहजीकरण गरेका छन् ।
विद्यार्थीहरुले नेपालको राष्ट्रिय गान, राष्ट्रिय धुन, सर्वधर्म भजन, मालश्री धुन, आयो नेपाली लगायतको नेपाली साँस्कृतिक लोक बाजालाई अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा प्रस्तुत गर्न लागिएको राईले बताए ।
Discussion about this post