झापा, २८ मंसिर । बाह्रदशी गाउँपालिका-१ मा आज जंगली हात्ती मृत फेला परेकाे छ ।
डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले स्थानीय नरेन्द्र राईकाे बारीमा भाले हात्ती मृत फेला परेको जानकारी दिए ।
चालू आर्थिक बर्षमा याेसहित दुईवटा जंगली हात्ती मृत भेटिएको उनले बताए ।
दुई महिनाअघि भद्रपुर-२ स्थित कमलधाप सिमसार क्षेत्रमा वयस्क हात्ती मृत भेटिएको थियोे ।
हात्ती के कारणले मरेको हाे भन्ने विषयमा प्रमुख राईले अनुसन्धान भईरहेकाे बताए ।
Discussion about this post