मेचीनगर, ४ पुस । झापा जिल्लाको कमाण्ड समाल्न पाल्पाबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्धुप्रसाद बाँस्तोला आइपुगेका छन् ।
गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पाल्पा जिल्ला प्रशासन कार्यालयबाट सरुवा भएर सीडीओ बाँस्तोला झापा आइपुगेका हुन् ।
सीडीओ बाँस्तोलाले आज जिल्ला प्रशासन कार्यालय झापाको कमाण्ड समालिसकेका छन् ।
डडेलधुरा, धनुषा, बर्दिया जिल्ला हुँदै पाल्पाबाट झापा आइपुग्नु भएको जिल्ला प्रशासन कार्यालय झापाका नायव सुब्बा यदुनन्दन दाहालले जानकारी दिए ।
यसअघिका झापाका सीडीओ शिवराम पोखरेल सुदुरपश्चिम प्रदेश कार्यालयको सचिव भएर गएका थिए ।
Discussion about this post