२२ कार्तिक २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

‘तरुल उत्सव’ सुरु (फोटो फिचर)

बाहुनडाँगीलाई ग्रामिण पर्यटनको हव बनाउछौँ : मन्त्री उप्रेती

पुस २९, २०८०, २:४९ .आइतवार
0
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

मेचीनगर, २९ पुस । कोशी प्रदेशका पर्यटन, बन तथा वातावरण मन्त्री गणेश उप्रेतीले बाहुनडाँगीलाई पर्यटनको हवको रुपमा विकास गर्ने बताएका छन् ।

मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा आजदेखि सुरु ‘तरुल उत्सव’को उद्घाटन गर्दै मन्त्री उप्रेतीले बाहुनडाँगीलाई पर्यटनको हवको रुपमा विकास गर्न कोशी प्रदेशले पहिलो पटक बजेट छुट्टाएको बताए ।

‘यहाँको जंगल, संस्कृति र स्थानीय उत्पादनलाई पर्यटन र हात्तीसँग जोडेर बाहुनडाँगीलाई हवको रुपमा विकास गर्न सकिन्छ’, मन्त्री उप्रेतीले भने–‘हात्तीको सहअस्तित्वलाई हामीले स्वीकारेर यस्को व्यवस्थापनका लागि हात्तीको करिडोर निर्माण गछौँ । बाहुनडाँगीलाई ब्राण्डको रुपमा विकास गछौँ ।’

होमस्टे, स्थानीय उत्पादन र हात्तीलाई पर्यटनसँग जोडेर बजारीकरणमा लाग्ने उनको जोड थियो । दिगो र रणनीतिक समाधानका लागि आगामी फागुन पहिलो सातादेखि बाहुनडाँगीदेखि हात्ती हिड्ने क्षेत्रसम्म ७ दिने पैदल यात्रा गर्ने योजना रहेको उनले बताए ।

पर्यटन मन्त्रालयको आयोजनामा त्यसको नेतृत्व प्रदेश सरकारका मुख्यमन्त्रीले गर्ने तयारी भइरहेको मन्त्री उप्रेतीको दावी छ । मन्त्री उप्रेतीले बाहुनडाँगीदेखि उदयपुरसम्म हात्तीको करिडोरका लागि अध्यायन र अवलोकन समेत गरिनेछ ।

उनका अनुसार मानव–हात्तीबीचको द्वन्द समाधानका लागि बाहुनडाँगीका जनताले अव हात्तीलाई हेर्ने स्वाभाव बदल्नु पर्छ । यसलाई अभिषापको रुपमा होइन, अवसरको रुपमा हेर्न मन्त्रीको जोड थियो ।

कार्यक्रममा भारतमा पर्यटन गान्धीका रुपमा परिचित पर्यटन अभियन्ता राज बशुले पर्यावरण जोगाउँन सबैले विभिन्न प्रजातिका विरुवा रोप्न सके जीवनशैलीमा परिवर्तन हुने बताए ।

निकट भविश्यमा एसियन ग्रामिण पर्यटन महोत्सव काठमाडौँमा गर्ने तयारी गरिएको पर्यटन अभियन्ता राज बशुले जानकारी दिए । त्यसका लागि स्थानीय तह, प्रदेश र संघिय सरकारले पहल गर्नु पर्ने उनको भनाई छ ।

मेचीनगर नगरपालिकाको आयोजनामा भएको तरुल उत्सवको सहजिकरण वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले गरेका थिए । आफ्नो मौलिक नेपाली परम्परालाई भुल्दै गएपछि स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्न पनि ‘तरुल उत्सव’को आयोजना गरिएको उनको भनाई छ ।

कार्यक्रममा धुलाबारी स्थित इष्ट होराइजन माविका विद्यार्थी, स्थानीय तथा भारतको बागडुग्रा र मिरिकबाट आएका कलाकारहरुले नित्य प्रस्तुत गरेका थिए ।

आइतबार र सोमबारसम्म सञ्चालन हुने तरुल उत्सवमा तरुलका विभिन्न प्रकारका खाद्य सामाग्री तथा स्थानीयस्तरमा उत्पादन गरिएका चिया, एभोकाडो, मह, अचार, घरेलु तानबाट बुनिएका उन, झोला, व्याच, बात्ती, ढाकाका कपडा लगायतका वस्तुहरु प्रदर्शनमा राखिएको छ ।

त्यस्तै चारआली स्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रको परामर्स स्टल पनि रहेको छ । उत्सवलाई बाहुनडाँगी जेसीज, पर्यटन कार्यलय काँकरभिट्टा, सहारा नेपाल र र्यापिड रेस्पोन्स टिमको सहकार्य रहेको छ । उत्सवमा रक्तदान, आँखा शिविर र चित्रकला समेत प्रदर्शनी हुनेछ ।

मेचीनगर सामाजिक विकास शाखा प्रमुख एवम् कार्यपालिका सदस्य ह्दय राजवंशीको अध्यक्षतामा आयोजित उत्सवको स्वागत उपमेयर मीना पोखरेल उप्रेतीले र सञ्चालन वडाध्यक्ष कार्कीले गरेका थिए ।

यो भिडियो पनि हेर्नुहोला ।

पछिल्लो समाचार

पवित्राले लिइन् मेचीनगर लेडी जेसीजको नेतृत्व

अघिल्लो समाचार

मेरो मेचीनगर अनलाइन चौँथो वर्षमा

Related Posts

पर्सी उपाधिका लागि एपिएफ र पुलिस भिड्दै
box -3

पर्सी उपाधिका लागि एपिएफ र पुलिस भिड्दै

कार्तिक २२, २०८२, १:२४ .शनिबार
मखमली महिला सहकारीकाे १७ औं साधारणसभा
banner -1

मखमली महिला सहकारीकाे १७ औं साधारणसभा

कार्तिक २२, २०८२, १२:५९ .शनिबार
मेची उद्योग बाणिज्य संघको पहलमा सोमबारदेखि भन्सार खुल्ने
banner

जेनजी आन्दोलनबाट मेची भन्सार कार्यालयमा साढे २६ कराेडकाे क्षति

कार्तिक २२, २०८२, ८:५१ .शनिबार
बाहुनडाँगीमा माछा मार्ने क्रममा करेन्ट लागेर विकास प्रधानकाे मृत्यु
banner -2

बाहुनडाँगीमा माछा मार्ने क्रममा करेन्ट लागेर विकास प्रधानकाे मृत्यु

कार्तिक २२, २०८२, ७:५३ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.