मेचीनगर, २ माघ । मेचीनगर नगरपालिकाले बाहुनडाँगीमा आयोजना गरेको ‘तरुल उत्सव’ मा २० लाखको कारोवार भएको छ ।
मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले पुस २९ र माघ १ गते लगाइएको ‘तरुल उत्सव’ मा २० लाखको व्यापार भएको जानकारी दिए ।
उनले ‘तरुल उत्सव’ मा २० लाखको कारोवार र ५ हजारले प्रत्यक्ष अवलोकन गरेको बताए । अटो रिक्साले समेत १ लाखको कारोवार गरेको उनको भनाई छ ।
आफ्नो मौलिक नेपाली परम्परालाई भुल्दै गएपछि स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्न पनि ‘तरुल उत्सव’को आयोजना गरिएको थियो ।
आइतबार र सोमबारसम्म सञ्चालन गरिएको ‘तरुल उत्सव’मा तरुलका विभिन्न प्रकारका खाद्य सामाग्री, स्थानीयस्तरमा उत्पादन गरिएका सागसब्जी लगायतका तरकारी, चिया, सुन्तला, किवी, एभोकाडो, मह, अचार, घरेलु तानबाट बुनिएका उन, झोला, व्याच, बात्ती, चित्रकला, ढाकाका कपडा लगायतका वस्तुहरु प्रदर्शनमा राखिएको थियो ।
Discussion about this post