२८ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

तरुल उत्सव (फोटो फिचर)

जति सक्छु इमानदारी पूर्वक गर्छु : सांसद शर्मा

माघ २, २०८०, ८:३५ .मङ्लबार
0
0
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

बाहुनडाँगी, २ माघ । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले आफ्नो कार्यकालमा यो गर्छु, त्यो गर्छु भन्दिन, जति गर्न सक्छु इमानदारी पूर्वक गर्ने बताएका छन् ।

मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा सोमबार ‘तरुल उत्सव’को समापन कार्यक्रममा सांसद शर्माले यस्तो बताएका हुन् ।

उनले उम्मेदवार बनेर चुनावमा हिड्दा होस् वा जितेर जाँदा होस् मैले भन्ने गरेको थिए यो गर्छु, त्यो पनि गर्छु भन्दिन, जति गर्न सक्छु इमानदारी पूर्वक गर्ने बताए ।

‘मैले जति गर्न सक्छु त्यति गर्ने हो’, शर्माले भने–‘फेरि आउँने चुनावमा हारे पनि मेरो गाउँकै दाजुभाईले जित्ने हो, समस्या छैन ।’

उनका अनुसार हात्ती नियन्त्रणका लागि पहिला सबेको पहलमा १८ किलोमिटर फेन्सिन तार लगाएकै हो । अहिले विश्व बैँकको सहयोगमा काँकरभिट्टादेखि बाहुनडाँगी बजारसम्म सडक बन्ने भएको छ । मेचेडाँगीदेखि पाटापुरसम्म बाटो बन्ने क्रममा छ । यी सबै स्थानीय, प्रदेश र संघिय सरकारको पहलमा भएको उनको भनाई छ ।

‘कुनैबेला बाहुनडाँगीका युवा जतिसुकै योग्य भएपनि विहे गर्न खोज्दा बाहिरका मान्छेले छोरी दिँदैन थिए । बाहुनडाँगीमा हात्ती आउँछ भनेर डराउँथे । जति सुकै राम्रो वर भेटिए पनि बाहुनडाँगीको माटो चुनौतीपूर्ण नै रहेको छ । यस्ता समस्याहरु चिर्दैँ जान कोशिस गरिरहेका छौँ’, उने भने ।

कार्यक्रममा प्रमुख अतिथि सांसद शर्मा, उज्यालो नेपाल वर्दियाका प्रमुख रमेश थापा, वडाध्यक्ष अर्जुनकुमार कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

स्थानीय सम्मानित

सोही अवसरमा आधा दर्जन स्थानीय समाजसेवीहरुलाई सम्मान समेत गरिएको थियो ।
हास्य कलाकार राजा राजेन्द्रले तरुल उत्सवमा आएका दर्शकहरुलाई मनोरञ्जनपूर्ण प्रस्तुति दिएका थिए ।

रक्तदान, चित्रकला र आँखा परीक्षण

यसैबीच कार्यक्रममा बाहुनडाँगी जेसीजले अन्तिम दिन रक्तदान, चित्रकला तथा आँखा परीक्षण कार्यक्रम सम्पन्न गरेको थियो ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमा १० महिलासहित ३३ जना सहभागी भए । त्यस्तै दोस्रो कार्यक्रमको रुपमा चित्रकला निर्माण, प्रदर्शनी तथा बिक्री वितरण गरिएको सहआयोजक बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँले जानकारी दिए ।

चित्रकार अर्जुन बस्नेतसहित विभिन्न विद्यालयका २५ जना विद्यार्थीहरुको समूहले चित्र बनाएका थिए ।

त्यस्तै काँकरभिट्टा आँखा अस्पतालसँगको सहकार्यमा आँखा शिविर सम्पन्न भएको छ । शिविरमा १ सय ८० जनाको आँखा परीक्षण गरिएको अप्ट्रोमेटृष्ट रोजल थापाले जानकारी दिए ।

जसमा १७ जनाको शल्यक्रिया गर्नुपर्ने, ११ जनामा मोतिविन्दु, ६ जनामा मासु पलाएको समस्या देखिएको प्राविधिक थापाले बताए । त्यस्तै ३७ जनामा चश्मा प्रयोग गर्न सुझाव दिएको थियो ।

हात्तीमैत्री पर्यटन सम्बन्धी अन्तरक्रिया

यसैगरी पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा हात्तीलाई पर्यटनसँग कसरी जोड्ने भन्ने विषयमा अन्तरक्रिया गरिएको थियो ।

बिएस्सी फरेस्ट्रीका विद्यार्थी सन्दिप लुईंटेलले ‘बाहुनडाँगीसँग हात्तीको सम्बन्ध–विगत, वर्तमान र भविष्य’ सम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सांसद शर्मा, उज्यालो नेपालका प्रमुख थापा, वडाध्यक्ष अर्जुनकुमार कार्कीलगायतले बोलेका थिए ।

पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख प्रभात भट्टराईको अध्यक्षता र कार्यक्रमको सञ्चालन सूचना अधिकारी निरोज कट्टेलले गरेका थिए ।

२० लाखको कारोवार

मेचीनगर नगरपालिकाले बाहुनडाँगीमा आयोजना गरेको ‘तरुल उत्सव’ मा २० लाखको कारोवार भएको छ ।

मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले पुस २९ र माघ १ गते लगाइएको ‘तरुल उत्सव’ मा २० लाखको व्यापार भएको जानकारी दिए ।

उनले ‘तरुल उत्सव’ मा २० लाखको कारोवार र ५ हजारले प्रत्यक्ष अवलोकन गरेको बताए । सिटी रिक्साले समेत १ लाखको कारोवार गरेको उनको भनाई छ ।

आफ्नो मौलिक नेपाली परम्परालाई भुल्दै गएपछि स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्न पनि ‘तरुल उत्सव’को आयोजना गरिएको थियो ।

आइतबार र सोमबारसम्म सञ्चालन गरिएको ‘तरुल उत्सव’मा तरुलका विभिन्न प्रकारका खाद्य सामाग्री, स्थानीयस्तरमा उत्पादन गरिएका सागसब्जी लगायतका तरकारी, चिया, सुन्तला, किवी, एभोकाडो, मह, अचार, घरेलु तानबाट बुनिएका उन, झोला, व्याच, बात्ती, ढाकाका कपडा लगायतका वस्तुहरु प्रदर्शनमा राखिएको थियो ।

मेचीनगर सामाजिक विकास शाखा प्रमुख एवम् कार्यपालिका सदस्य ह्दय राजवंशीको अध्यक्षतामा सम्पन्न तरुल उत्सव कार्यक्रमको सञ्चालन वडाध्यक्षद्वय दिपक बराल, अर्जुन कार्की र स्थानीय नारायण कडरियाले संयुक्त रुपमा गरेका थिए ।

पछिल्लो समाचार

बाहुनडाँगी ‘तरुल उत्सव’ मा २० लाखको कारोवार

अघिल्लो समाचार

सिम्रिकले बाढ्यो बह्रदशीका १०० जनालाई कम्बल

Related Posts

ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार
मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.