९ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

फोटो फिचर

छोरा जन्माउन नसक्नु महिलाको दोष हो : सांसद लक्की

माघ ३, २०८०, १२:२५ .बुधबार
0
0
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, ३ माघ । कोशी प्रदेशकी सांसद लक्की गणेशले हामीले नलडेसम्म पुरुषले अधिकार दिँदैनन्, त्यसैले अधिकार पाउनका लागि ठोकेर लिनु पर्ने बताएकी छिन् ।

आज बिर्तामोड स्थित होटल ग्राण्ड प्यासेफिकमा महिला जनचेतना केन्द्र मेचीनगरले आयोजना गरेको वाल विवाह न्युनिकरण तथा महिला सशक्तीकरण प्रदेशस्तरीय तीनदिने कार्यशाला गोष्ठीमा सांसद गणेशले त्यस्तो कुरा बताएकी हुन् ।

‘छोरा पाएन भनेर धेरै बच्चा जन्माउने महिला मेसिन हो’, सांसद गणेशले भनिन्–‘छोरा जन्माउन नसक्नु के महिलाको दोष हो ? ।’ वालविवाह रोक्न पहिला शिक्षित हुन आवश्यक रहेको उनले बताइन् । उनका अनुसार शिक्षित भए मात्र वालविवाह नियन्त्रण हुन्छ ।

‘महिला हिंसा भइरहेको छ हामी भन्न डराउँछौँ । पृतिसतात्मक परम्परादेखि हामी धेरै पीडित छौँ । गाउँमा सिंहदरबार आयो । तर, स्थानीय तहले यस क्षेत्रमा केहि काम गरेको छैन । गाउँ गाउँमा जनचेतना फैलाउन जरुरी छ’,–उनले भनिन् ।

महिला हिंसा परम्परागत : बिर्तामोड मेयर महतरा

कार्यक्रममा बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाईले महिला हिंसा परम्परागत छ तर पुरुष पनि हिंसामा परेका घटना धेरै रहेको बताइन् ।
उनले महिलाका समस्या धेरै छन्, कानूनी अपठेराहरु पनि छन् । महिला हिंसा हटेको छैन । यसको न्युनिकरणका लागि समुदायमा गएर पुरुष र महिलालाई नै प्रशिक्षण दिनु पर्ने बताइन् ।

कानून छ, कार्यान्वयन छैन : मेचीनगर उपमेयर उप्रेती

मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेतीले वाविवाहको समस्या धेरै छ, यसलाई लुकाउने कुराले प्रश्रय पाएको दावी गरिन् । उनले कानून छ, कार्यान्वयन छैन । महिला सशक्तीकरणका लागि राजनीतिक दलहरुले पनि छेकबार गरिरहेको बताइन् ।

कानूनको छिद्र खोजेर पुरुष हावी : सीडीओ बाँस्तोला

‘वालविवाह र महिला हिंसा अहिले हट केकको रुपमा छ’, झापाका सीडीओ बन्धुप्रसाद बाँस्तोलाले भने–‘मुख्य कारण गरीवी हो । यस विषयमा स्थानीय तहले काम गर्न सकेन । राज्यले काम गरेन बरु सामाजिक संघ–संस्थाले काम गरिरहेका छन् । कडा कानून बनाउनु पर्छ । कानूनका छिद्र खोजेर पुरुष हावी हुने काम मात्र भइरहेको छ ।’

वालविवाहको समस्या मुस्लिम समुदायमा बढी : एसपी रेग्मी

त्यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीले वालविवाहको समस्या झापामा रहेको बताए । वालविवाह रोक्नु पर्छ भनेर संघ–संस्था लागि परिरहेको छन् । तर, त्यहि नियम, कानून बनाउनेहरु वालविवाहमा सहभागी भइरहेको उनको भनाई छ ।

झापामा वालविवाहको बढी समस्या मुस्लिम समुदायमा रहेको एसपी रेग्मीको दावी छ । उनले अहिलेसम्म आफ्नो कार्यालयमा वालविवाह सम्बन्धी एउटा पनि मुद्दा दर्ता नभएको बताए ।

पृतिसतात्मक युगप्रति महिला एकजुट हुनुपर्छ : अध्यक्ष प्रधान

महिला जनचेतना केन्द्र मेचीनगरकी संस्थापक राधा प्रधान कार्कीले सन २००९ देखि यस संस्थाले महिला हिंसा लगायत सामाजिक कार्यमा सक्रियरुपमा काम गर्दै आएको बताइन् ।

उनले महिला हिंसाको मुख्य कारण गरिवी रहेकोले महिलालाई सीपमुलक तालिम प्रदान गरेर आत्मनिर्भर बनाउने प्रयत्न गरिरहेको दावी गरिन् । आधा आकास आगेटेको महिलालाई छाँयामा, अध्यारोमा पार्ने पृतिसतात्मक युगप्रति सबै महिला एकजुट भएर अघि बढ्न उनले आग्रह गरिन् ।

तालिममा १४ वटै जिल्लाका ६० जना सहभागी

आजदेखि ३ दिनसम्म सञ्चालन हुने तालिममा कोशी प्रदेशका १४ वटै जिल्लाबाट ६० जना महिलाहरु सहभागी भएका छन् । आज वालविवाह सम्बन्धी तालिम दिइएको छ भने विहीबार र शुक्रबार महिला सशक्तीकरण सम्बन्धी तालिम हुने आयोजक संस्थाले जनाएको छ ।

वालवविाह सम्बन्धी तालिममा सहभागीहरुलाई हाल युएनडिपीको प्राविधिक विज्ञको रुपमा कार्यरत दिलप्रसाद मगरले प्रशिक्षण दिएका छन् । यस्तै ओरेककी कार्यकारी निर्देशक सुनिता मैनालीले महिला सशक्तीकरण सम्बन्धी तालिम दिनेछिन् ।

महिला जनचेतना केन्द्र मेचीनगरकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत सचिव भुवन सुब्बाले र सञ्चालन शुष्मा राजबंशीले गरेकी थिइन् ।

 

पछिल्लो समाचार

एन–प्याब्सनद्वारा झापाका शिक्षकलाई मन्टेश्वरी तालिम

अघिल्लो समाचार

वडाध्यक्ष १५ लाख घुससहित पक्राउ

Related Posts

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने
banner -1

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने

माघ ९, २०८२, ११:४३ .शुक्रबार
कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह
banner -2

कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह

माघ ९, २०८२, १०:२७ .शुक्रबार
चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती
banner

चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती

माघ ९, २०८२, ९:१४ .शुक्रबार
अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
box -1

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.